२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

२०८३, ११ जेष्ठ सोमबार १४:३६

काठमाडौँ | महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा जलेश्वर नगरपालिका–६ बस्ने ७५ वर्षीय वृद्ध चन्देश्वर साह रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक पञ्चलाल गोलेले बताए।

जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ख.४७५८ नम्बरको यात्रुवाहक बसले जलेश्वर नपा–२ स्थित मटिहानी चोकमा पैदल यात्री साहलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। बसको ठक्करबाट गम्भीर घाइते भएका पैदल यात्री प्राथमिक उपचारपश्चात् थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकामा उनको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको हो।

घटनापश्चात् जिल्ला प्रहरीबाट खटिगएको प्रहरी टोलीले बस र बस चालक जिल्लाको पिपरा गाउँपालिका–९ अलिपट्टि बस्ने सत्यनारायण यादवलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरी नायव उपरीक्षक गोलेले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा