2026-08-19 02:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस

काठमाडौँ | राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लंघनमा संलग्न ठहर भएका व्यक्तिलाई कम्तीमा ६ महिनासम्म निलम्बन गर्न सरकारलाई निर्देशनसहित सिफारिस गरेको छ । आयोगले नयाँ कानुनी व्यवस्था नबनेसम्म दण्डहीनता रोक्न यस्तो अस्थायी व्यवस्था आवश्यक रहेको उल्लेख गर्दै प्रतिवेदनमार्फत सरकारको ध्यानाकर्षण गराएको हो ।

सिफारिस खण्डको प्रकरण नं. १ मा मानव अधिकार उल्लंघनकर्ता भनी पहिचान गरिएका व्यक्तिहरू हाल जुनसुकै सार्वजनिक पदमा रहे पनि उनीहरूलाई कम्तीमा ६ महिनासम्म निलम्बन गर्नुपर्ने व्यवस्था गर्न भनिएको छ । प्रतिवेदनमा तथ्य र विश्लेषण खण्डमा विभिन्न व्यक्तिहरूलाई मानव अधिकार उल्लंघनकर्ता रूपमा उल्लेख गरिएको आधारमा यस्तो सिफारिस गरिएको जनाइएको छ ।

आयोगले राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ४ (१) (छ) अनुसार मानव अधिकारको सम्मान र संरक्षणका लागि सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगले दण्डहीनता अन्त्य गर्न र मानव अधिकार संरक्षणलाई प्रभावकारी बनाउन यो सिफारिस अघि सारेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस कतिखेर विभाजित हुने हो ठेगान छैन, एमालेको पनि बिजोग छ : माधव नेपाल राहदानी सेवा थप सुरक्षित र सहज बनाउने गरी संशोधन हुँदैछ : परराष्ट्रमन्त्री खनाल हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो : गगन थापा थप प्रश्न गर्न नपाएपछि आशिका तामाङ र सभामुखबीच विवाद, संसद्बाट बाहिरिइन् जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली अर्पण वैदेशिक रोजगारीमा ठगी र अलपत्र नेपालीबारे छानबिन समिति बनाउन ज्ञानबहादुर शाहीको माग उपभोक्तालाई अनावश्यक सिलिन्डर सञ्चय नगर्न निगमको आग्रह प्रश्न कालो चस्मामाथि होइन, कालो नियतमाथि गरौँ: सांसद टीका संग्रौला स्वास्थ्य बिमा सञ्चालन गर्न रास्वपा सांसद रञ्जु न्यौपानेको माग सहिदका अधुरा कामको लेखाजोखासहित प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्छ : सांसद खतिवडा प्रतिनिधिसभाको बैठक सुरु सर्वोच्चको आदेशपछि किशोर श्रेष्ठ रिहा, भने– ‘सत्य मरेको छैन, कलम हारेको छैन’ मंगलबार सुनको मूल्य स्थिर, चाँदी १५ रुपैयाँले घट्यो रास्वपा कांग्रेसको प्रतिद्वन्द्वी होइन, राजनीतिक प्रतिस्पर्धी मात्र हो: गगनकुमार थापा पुराना दललाई दोष दिएर सरकार उम्किन मिल्दैन, अब नतिजा देखाउनुपर्छ: हर्कराज राई गगन थापा र देउवाबीचको दूरी घटाउन पहल गर्छु: शशांक कोइराला प्रमाणबिना महिलामाथि आरोप लगाउन पाइँदैन : सांसद इन्दिरा राना सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका कहिलेसम्म चहारेर हिँड्ने? : आशिका तामाङ बाढीपहिरोको जोखिममा रहेका बस्ती तत्काल सुरक्षित स्थानमा सारौँ: कांग्रेस सांसद काउँचा भूमिहीनलाई अधिकार दिऔँ, निराशा होइन: राजीव खत्री