2026-10-20 08:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गरिब र गरिबी फरक कुरा हो : गगन थापा

काठमाडौँ | नेपाली काँग्रेसका सभापति गगन थापाले गरिब हटाएर समस्या समाधान नहुने बताएका छन् । काँग्रेसले आयोजना गरेको ‘विस्थापनको व्याकुलता: सहरी सुकुम्बासीको स्वास्थ्य र मनोसामाजिक सङ्घर्षको विश्लेषण’ कार्यक्रममा बोल्दै सरकारले गरिबी हटाउनु पर्नेमा गरिब हटाउन लागेको आरोप लगाउदै गरिब हटाएर समस्याको समाधान नहुने बताएका हुन् । उनले भने- ‘गरिब र गरिबी फरक कुरा हो । सरकार कहाँ निर झुक्किएको छ भने मलाई लाग्छ भने उसको हस्तक्षेप गरिबीका विरुद्ध हुनुपर्थ्यो, गरिबलाई नै फाल्दिएर गरिवी हट्दैन ।’

सभापति थापाले कसैको पनि घरसँग भावना जोडिएको हुने उल्लेख गर्दै एक्कासी घर भत्काएर सरकारले गलत काम गरेको बताए । संबिधानमा आत्मसम्मान पुर्वक बाच्न पाउने हक सुनिश्चित गरिएको उल्लेख गर्दै भूमिहीनलाई जग्गा दिनुपर्ने र संबिधानले नै सुनिश्चित गरेको बताए । सरकार कानुन भन्दा माथि नहुने बताउदै भूमिहीन सुकुम्बासीको सन्दर्भमा कानुन पालना गर्न चुकेको बताए । उनले कतिपय स्थानीय तहमा पनि कानुन पालना गर्न चुकेको बताउदै कांग्रेसले नेतृत्व गरेका स्थानीय सरकारहरुलाई कानुन विपरित काम गरेमा कारवाही गर्ने चेतावनी दिए । उनले देशभर होल्डिङ सेन्टरमा काँग्रेसले मनोसामाजिक परामर्शका लागि प्रतिनिधिहरु खटाउन निर्देशन दिने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ