काठमाडौँ | सरकारले नेपालमा लगानीका गर्न अध्ययन तथा अनुसन्धान गर्न लगानी भिसा उपलब्ध गराउने भएको छ । अगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । ‘लगानी बोर्डबाट स्वीकृत भएका योजनाहरूमा पुनः अन्य निकायहरू स्वीकृत लिनु नपर्ने गरी व्यवस्था मिलाइनेछ । स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ,’ अर्थमन्त्री डा. वाग्लेले भने ।