2026-10-20 07:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

काठमाडौँ | झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक पैदल यात्रीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१३ निवासी ४४ वर्षीय निमा तामाङ रहेका छन् ।

प्रहरीका अनुसार मेची राजमार्गअन्तर्गत मेचीनगर–१२ सयरडाँगी चोकमा जेठ ११ गते साँझ करिब ७ः३० बजे चारआलीबाट बुधवारेतर्फ जाँदै गरेको प्र १–०१–०१२ प ६३५३ नम्बरको मोटरसाइकलले पैदल यात्री तामाङलाई ठक्कर दिएको थियो । दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका तामाङलाई तत्काल उपचारका लागि बिर्ता सिटी अस्पताल बिर्तामोड लगिएको थियो ।

आर्थिक अभावका कारण डिस्चार्ज गरी थप उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी लगिएकोमा उनको उपचारकै क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल तथा चालक बुद्धशान्ति गाउँपालिका–१ निवासी २३ वर्षीय नारायण भट्टराईलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ