2026-10-19 04:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ

काठमाडौँ | राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालका अध्यक्ष दुर्गा प्रसाईँले बालेन शाह नेतृत्वको सरकारले सुकुम्वासी बस्ती हटाउने, सडक किनारका साना व्यवसायीलाई विस्थापित गरेको भन्दै आपत्ति जनाएका छन्। भक्तपुरस्थित निवासमै पत्रकार सम्मेलन गरेर बालेन सरकार गरिबमुखी नभई गरिबलाई नै असर पर्ने नीति अवलम्बन गरिएको आरोप लगाए। उनले भने, ‘काठमाडौँका खोला किनार र सरकारी जग्गामा बसोबास गर्दै आएका भूमिहीन तथा सुकुम्वासीहरूको घरटहरा भत्काइएको छ। मैले चुनावमा भोट नहाल्नु भन्दा सुकुम्वासीहरू बुरुक्क बुरुक्क उफ्रेर भोट हाल्नुभयो।’

उनले बालेनको नेतृत्वमा सरकार बनिसकेपछि सुकुम्वासी बस्ती हटाउने कुरा आफूले पहिल्यैदेखि भन्दै आएको बताए। उनले आफूले चुनावमा नजान दलहरूलाई आग्रह गर्दा पनि नमानेको बताए। उनले थपे, ‘बालेनलाई प्रधानमन्त्री बनाइसकेपछि सबैभन्दा पहिला खोला किनारमा बसेका सुकुम्वासीलाई लात हान्छ भनेकै हो। १५ दिन पनि परेन। केपी ओलीलाई पनि मैले भनेको थिएँ बालेनले शपथ खाएको भोलिपल्ट तपाईँलाई समातिन्छ भनेको, भोलिपल्टै समात्यो।’

उनले सरकारले निजी अस्पताल र निजी विद्यालयमा भ्याट लगाउने व्यवस्थाले सर्वसाधारणलाई थप आर्थिक भार पर्ने बताए। स्वास्थ्य बिमा कार्यक्रमको महत्त्व उल्लेख गर्दै विपन्न नागरिकको उपचार पहुँच कमजोर हुने चिन्ता व्यक्त गरे। उनले निजी क्षेत्रले शिक्षा, स्वास्थ्य र रोजगारीमा ठुलो योगदान दिएको भन्दै सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुको सट्टा दबाब दिने नीति लिएको आरोप लगाए। उनले भने, ‘सरकारले गरिबी हटाउनुभन्दा गरिबलाई नै विस्थापित गर्ने काम गरेको छ र वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ