2026-09-09 02:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौँ | प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले सदनमा जारी अवरोधका कारण बैठक आगामी जेठ २५ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिएका हुन्। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक विपक्षी दलहरूको विरोधका कारण करिब दुई घण्टा ढिलो गरी सुरु भएको थियो। तर सदनको अवरोध कायम रहेपछि बैठक सञ्चालन हुन नसकी फेरि स्थगित गर्नुपरेको हो।

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले हालै दिएको ‘नेपालले पनि भारतीय सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसदमा निरन्तर विरोध जनाउँदै आएका छन्। उक्त विषयमा प्रधानमन्त्रीले थप स्पष्ट जवाफ दिनुपर्ने र सदनमा उपस्थित भएर माफी माग्नुपर्ने माग विपक्षीहरूको छ। आइतबारयता लगातार संसद अवरुद्ध हुँदै आएको छ। सरकार र विपक्षी दलबीच सहमति जुट्न नसक्दा प्रतिनिधि सभाको नियमित कार्यसूची प्रभावित बनेको छ।

विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आफ्नो अडान कायम राखेका छन् भने सदनको गतिरोध अन्त्यका लागि दलहरूबीच छलफल जारी रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १,३६६ पुग्यो सुनको मूल्य तोलामा ३ हजारले घट्यो, चाँदी पनि सस्तियो एलपी ग्यासमा नयाँ व्यवस्था, जुनसुकै कम्पनीको सिलिन्डर साट्न सकिने चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप