कात्तिक १३, हेटौडा | मकवानपुर कांग्रेसले राष्ट्रिय  प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई भोट नहाल्ने घोषणा गरेको छ । 

कांग्रेससँग तालमेलम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १३, हेटौडा | मकवानपुर कांग्रेसले राष्ट्रिय  प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई भोट नहाल्ने घोषणा गरेको छ । 

कांग्रेससँग तालमेलम"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मकवानपुर कांग्रेसले कमल थापालाई भोट नहाल्ने घोषणा

१३ कार्तिक २०७४, सोमबार १५:२२

कात्तिक १३, हेटौडा | मकवानपुर कांग्रेसले राष्ट्रिय  प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई भोट नहाल्ने घोषणा गरेको छ । 

कांग्रेससँग तालमेलमा आएका थापा मकवानपुरको क्षेत्र नम्बर १ मा लोकतान्त्रिक गठबन्धनको उम्मेदवार बन्ने तयारीमा छन् । तर, नेपाली कांग्रेस मकवानपुरले  थापासँगको गठबन्धन अमान्य हुने घोषणा गरेको हो ।

सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै कांग्रेस मकवानपुरले कमल थापा १ नम्बर निर्वाचन क्षेत्रमा कांग्रेसको लहर देखेर आएको आरोप लगाएको छ । कांग्रेस जिल्ला पार्टीले कुनै पनि हालतमा  थापालाई नसघाउने उसले घोषाणा गरेको छ ।

कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णु लामिछानेले केन्द्रबाट जस्तो निर्णय आए पनि पूर्वसांसद तथा जिल्ला सभापति इन्द्र बानियाँ नै उम्मेदवार बन्ने बताएका छन् । इन्द्र बानियाँले यस अघि पनि जितेका थिए । अहिले राप्रपा अध्यक्ष कमल थापालाई सोही क्षेत्रमा कांग्रेसले सघाउनुपर्ने अवस्था आएपछि स्थानीय नेता कार्यकर्ता रुष्ट बनेका छन् ।

मकवानपुर कांग्रेसले कमल थापा सबैखाले परिवर्तनका विरुद्धमा रहेको व्यक्ति भन्दै उनको उम्मेद्वारी मान्य नहुने घोषणा गरेको हो । जनआन्दोलनको नरसंहारका दोषी भन्दै थापालाई कांग्रेसीजनले भोट नहाल्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा