2026-09-09 01:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर खत्री ‘कुमार’ प्यानल सहित निर्वाचित भएका छन्। आइतबार सम्पन्न संघको निर्वाचनमा खत्रीले ३४७ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धीहरूलाई पछि पार्दै नेतृत्वको जिम्मेवारी हात पारेका हुन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार अध्यक्ष पदका अर्का उम्मेदवार पूर्व महासचिव मेघनाथ भुर्तेलले १९२ मत प्राप्त गरे भने पूर्व प्रथम उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीले १७० मत प्राप्त गरे । अध्यक्ष पदका तीन उम्मेदवारबीच भएको प्रतिस्पर्धामा खत्रीले सुरुवातदेखिनै क्रमश अग्रता कायम गर्दै संघको नयाँ नेतृत्व आफ्नो पक्षमा पारेका हुन् ।

अध्यक्ष पदसँगै अन्य पदहरूमा पनि व्यवसायीहरूबीच प्रतिस्पर्धात्मक चुनाव भएको थियो । संघको प्रथम उपाध्यक्ष पदमा महेश कुमार बस्नेत निर्वाचित भएका छन् । उनले २४१ मत प्राप्त गरे । जसमा उनका निकटतम प्रतिद्वन्दी कर्णराज कटुवालले २३१ मत प्राप्त गरे भने अर्का उम्मेदवार सन्जु गुरुङले २२८ मत प्राप्त गरेका थिए ।

त्यस्तै द्वितीय उपाध्यक्षमा अनिल बोगटी ३१५ मत पाएर बिजयी बने । उनका प्रतिद्वन्दीहरु रविन मेगाले मगरले २०५ मत र अर्का उम्मेदवार बालकृष्ण श्रेष्ठले १६८ मत प्राप्त गरे ।

त्यस्तै तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल २५९ मत पाएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दीहरु तुलसीराम पुरीले २५६ मत र कृष्ण ढकालले १७२ मत प्राप्त गरे ।

संघको महासचिव पदमा हरि डॉगीले २७३ मत पाएर निर्वाचित भए । महासचिव पदका उम्मेदवारहरु नुर महमद मियाले २४९ मत पाए भने अमर प्रकाश तिवारीले १६३ मत प्राप्त गरे ।

त्यस्तै सचिव पदमा केदार नाथ अधिकारीले २९४ मत पाएर बिजयी बने । संघको कोषाध्यक्षमा धनमायॉ सिन्जालीले ३२३ मत प्राप्त गरी बिजयी भईन् ।

त्यस्तै संघको सदस्यहरुमा प्रगतिशील प्यानलले १० कार्यसमिति सदस्यमध्ये ८ सदस्य जितेको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागि आइतबार सम्पन्न निर्वाचनमा व्यवसायीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। निर्वाचन समितिका अनुसार कुल ७७४ मतदातामध्ये ७१९ जनाले मतदान गरेका थिए । लामो समयदेखि संघभित्र देखिएको नेतृत्व विवाद, संस्थागत अन्योल तथा विभिन्न राजनीतिक र व्यवसायिक समूहबीचको प्रतिस्पर्धाका बीच सम्पन्न निर्वाचनलाई वैदेशिक रोजगार क्षेत्रले निकै चासोका साथ हेरेको थियो ।

संघको नेतृत्वका लागि उम्मेदवारहरूले निर्वाचन अभियानका क्रममा व्यवसायीहरूको हकहित संरक्षण, वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित बनाउने, डिमाण्ड प्रमाणीकरण प्रक्रियामा सुधार ल्याउने, श्रम स्वीकृति प्रक्रियालाई सहज र पारदर्शी बनाउने, नयाँ श्रम गन्तव्य मुलुकहरूको खोजी तथा व्यवसायमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

निर्वाचित अध्यक्ष खत्री वैदेशिक रोजगार क्षेत्रका अनुभवी व्यवसायीका रूपमा परिचित छन् । उनी यसअघि संघको प्रथम उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । संघको नेतृत्वमा पुग्नुअघि उनले व्यवसायीका विभिन्न मुद्दामा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए। व्यवसायीहरूका अनुसार संघभित्र देखिएको विभाजन अन्त्य गर्दै साझा एजेण्डामा व्यवसायीहरूलाई एकजुट बनाउनु नवनिर्वाचित नेतृत्वको मुख्य चुनौती हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १,३६६ पुग्यो सुनको मूल्य तोलामा ३ हजारले घट्यो, चाँदी पनि सस्तियो एलपी ग्यासमा नयाँ व्यवस्था, जुनसुकै कम्पनीको सिलिन्डर साट्न सकिने चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह