१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा दलहरुले उम्मेदवार टुंगो लगाए, चुनावी सरगर्मी बढ्यो

१५ कार्तिक २०७४, बुधबार ०७:३९

अमृत बास्तोला/कात्तिक १५, तेह्रथुम । तेह्रथुममा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि चुनावी सरगर्मी बढेको छ । जिल्लामा रहेका प्रमुख दलहरुले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार टुंगो लगाएपछि चुनावी सरगर्मी तातेको हो । 

चोकचोकमा रहेका चिया पसलदेखि जमघट हुने सार्वजनिकस्थलमा दलले उठाएका उम्मेदवारको विषयमा चर्चा हुन थालेको छ । नेपाली काँग्रेस तेह्रथुमले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था राज्यमन्त्री सीता गुरुङलाई प्रतिनिधि सभाका लागि उम्मेदवार बनाएको छ । 

वाम गठबन्धनले एमालेका तर्पmबाट प्रतिनिधि सभाका लागि पूर्व सभासद् भवानी खापुङलाई उम्मेदवार बनाएको छ । राज्यमन्त्री गुरुङ र खापुङबीचको चुनावी प्रतिष्पर्धा निकै रोचक हुने राजनीतिक विश्लेषकले बताएका छन् । 

महिलानेत्री गुरुङ नेपाली काँग्रेसकी निर्वाचित केन्द्रय सदस्य हुनुहुन्छ । २०६४ र २०७० को संविधान सभाको निर्वाचन गरी गुरुङ जिल्लाबाट दुई पटक समानुपातिक सभासद् हुनुभएको छ । एमालेका खापुङ २०७० को संविधान सभा निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित पूर्व सभासद् हुनुहुन्थ्यो । 

प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट नेपाली काँग्रेसले अनुभवी नेता गोविन्द ढुंगानालाई उम्मेदवार बनाएको छ । गठबन्धनबाट एमालेले लक्ष्मण तिवारीलाई प्रदेशसभाका लागि उम्मेदवार बनाएको छ । 

ढुंगाना नेपाली काँग्रेस तेह्रथुमको दुई पटक नेतृत्व लिएका सभापति समेत हुनुहुन्छ । तिवारी पनि एमाले तेह्रथुमका जिल्ला अध्यक्ष हुनुहुन्छ । ढुंगाना अहिले पनि नेपाली काँग्रेस तेह्रथुमको जिल्ला सभापतिमा रहनुभएको छ । जिल्लाका दुई पार्टी अध्यक्षबीचको चुनावी प्रतिष्पर्धा पनि निकै रोचक हुने अनुमान गरिएको छ । 

प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट नेपाली काँग्रेसले विजय सम्बाहाम्फेलाई उम्मेदवार बनाएको छ । नेकपा (एमाले)ले निर्वाचन क्षेत्र २ बाट प्रदेश सभाका लागि तेजमान कन्दङवालाई उम्मेदवार बनाएको छ । 

नेपाली काँग्रेसका प्रखर नेता सम्बाहाम्फे र एमालेका पूर्व जिल्ला सभापति कन्दङवाबीचको प्रतिस्पर्धा पनि रोचक हुने बताइएको छ । वाम गठबन्धनबाट जिल्लामा नेकपा (माओवादी केन्द्र)ले उम्मेदवार पाएको छैन । 

तेह्रथुममा प्रतिनिधि सभा निर्वाचनका लागि एउटा मात्र क्षेत्र रहेको छ भने प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु