2026-08-31 12:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उम्मेदवारी दर्तापछि गठबन्धनबारे प्रचण्डले के भने ?

कात्तिक १६, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन र दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन दुवै राजनीतिक स्थिरताका लागि भएको बताउनुभएको छ । 

चितवन क्षेत्र नं ३ बाट आज प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग दाहालले आर्थिक विकास र समृद्धिका निम्ति दुवै गठबन्धन ठूलो अवसर भएको बताउनुभयो । 

यो गठबन्धन वाम गठबन्धनबाट मात्रै नभएर दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धनबाट पनि भएकाले देशमा राजनीतिक स्थिरताको वातावरण बन्ने उहाँले बताउनुभयो । नेपाली जनता, राष्ट्रिय हित र एकताको निम्ति दुवै गठबन्धन हितकर हुने पनि उहाँको भनाइ थियो । 

देशमा ७० वर्षदेखि राजनीतिक स्थिरता हुन नसकेको भन्दै अध्यक्ष दाहालले भन्नुभयो, “नेपालको इतिहासमा पाँच वर्ष कुनै सरकार टिक्न सकेन, जसले नेपाली जनताको आर्थिक विकास र समृद्धिको चाहना कहिल्यै पूरा हुन सकेन ।” 

यो निर्वाचनमा वामपन्थी एकता कायम गरेर कम्युनिस्ट शक्तिलाई एक ठाउँमा विशेष उद्देश्यका साथ नयाँ तालमेलसहित आफू चितवन आएको भन्दै उहाँले यो ऐतिहासिक क्षण भएको आफूले महसुस गरेको बताउनुभयो । 

सशस्त्र द्वन्द्वपछि पहिलोपटक रोल्पा र काठमाडौँ र दोस्रोपटक सिरहाबाट निर्वाचित भएर गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री बन्नुभएका दाहालले पहिलोपटक गृहजिल्ला चितवनबाट उम्मेदवारी दिनुभएको हो । उहाँको उम्मेदवारी दर्तामा प्रस्तावक माओवादी नेता अमिक शेरचन र समर्थकमा नेकपा (एमाले)का क्षेत्र नं ३ का संयोजक रामजीप्रसाद सापकोटा रहनुभएको छ । 

चितवनको सम्पन्नता दुईभाइको काँधमा: पाण्डे 

वाम गठबन्धनबाटै चितवन क्षेत्र नं १ मा उम्मेदवारी दिनुभएका नेकपा (एमाले)का नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आफू पूर्व अर्थमन्त्री र दाहाल पूर्व प्रधानमन्त्री भएको भन्दै उहाँले चितवनको सम्पन्नता माथि उठाउने जिम्मेवारी दुईभाइको काँधमा आएको बताउनुभयो । 

वाम गठबन्धनले चितवन क्षेत्र नं १ सुरेन्द्र पाण्डे, २ कृष्णभक्त पोखरेल र ३ बाट पुष्पकमल दाहालको उम्मेदवारी दर्ता गराएको हो । 

त्यसैगरी प्रदेशतर्फ १ को ‘क’ बाट एमालेका दावा लामा, ‘ख’ बाट एमालेकै कृष्ण खनाल, क्षेत्र नं २ ‘क’ बाट माओवादी केन्द्रका घनश्याम दाहाल, ‘ख’ बाट एमालेका विजय सुवेदी र क्षेत्र नं ३ ‘क’ बाट एमालेका कृष्णप्रसाद भुर्तेल र ‘ख’ बाट माओवादी केन्द्रका रामलाल महतोले उम्मेदवारी दर्ता गर्नुभएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो