२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उम्मेदवारी दर्तापछि गठबन्धनबारे प्रचण्डले के भने ?

१६ कार्तिक २०७४, बिहीबार ०९:५०

कात्तिक १६, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन र दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन दुवै राजनीतिक स्थिरताका लागि भएको बताउनुभएको छ । 

चितवन क्षेत्र नं ३ बाट आज प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग दाहालले आर्थिक विकास र समृद्धिका निम्ति दुवै गठबन्धन ठूलो अवसर भएको बताउनुभयो । 

यो गठबन्धन वाम गठबन्धनबाट मात्रै नभएर दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धनबाट पनि भएकाले देशमा राजनीतिक स्थिरताको वातावरण बन्ने उहाँले बताउनुभयो । नेपाली जनता, राष्ट्रिय हित र एकताको निम्ति दुवै गठबन्धन हितकर हुने पनि उहाँको भनाइ थियो । 


देशमा ७० वर्षदेखि राजनीतिक स्थिरता हुन नसकेको भन्दै अध्यक्ष दाहालले भन्नुभयो, “नेपालको इतिहासमा पाँच वर्ष कुनै सरकार टिक्न सकेन, जसले नेपाली जनताको आर्थिक विकास र समृद्धिको चाहना कहिल्यै पूरा हुन सकेन ।” 

यो निर्वाचनमा वामपन्थी एकता कायम गरेर कम्युनिस्ट शक्तिलाई एक ठाउँमा विशेष उद्देश्यका साथ नयाँ तालमेलसहित आफू चितवन आएको भन्दै उहाँले यो ऐतिहासिक क्षण भएको आफूले महसुस गरेको बताउनुभयो । 

सशस्त्र द्वन्द्वपछि पहिलोपटक रोल्पा र काठमाडौँ र दोस्रोपटक सिरहाबाट निर्वाचित भएर गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री बन्नुभएका दाहालले पहिलोपटक गृहजिल्ला चितवनबाट उम्मेदवारी दिनुभएको हो । उहाँको उम्मेदवारी दर्तामा प्रस्तावक माओवादी नेता अमिक शेरचन र समर्थकमा नेकपा (एमाले)का क्षेत्र नं ३ का संयोजक रामजीप्रसाद सापकोटा रहनुभएको छ । 

चितवनको सम्पन्नता दुईभाइको काँधमा: पाण्डे 

वाम गठबन्धनबाटै चितवन क्षेत्र नं १ मा उम्मेदवारी दिनुभएका नेकपा (एमाले)का नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आफू पूर्व अर्थमन्त्री र दाहाल पूर्व प्रधानमन्त्री भएको भन्दै उहाँले चितवनको सम्पन्नता माथि उठाउने जिम्मेवारी दुईभाइको काँधमा आएको बताउनुभयो । 

वाम गठबन्धनले चितवन क्षेत्र नं १ सुरेन्द्र पाण्डे, २ कृष्णभक्त पोखरेल र ३ बाट पुष्पकमल दाहालको उम्मेदवारी दर्ता गराएको हो । 

त्यसैगरी प्रदेशतर्फ १ को ‘क’ बाट एमालेका दावा लामा, ‘ख’ बाट एमालेकै कृष्ण खनाल, क्षेत्र नं २ ‘क’ बाट माओवादी केन्द्रका घनश्याम दाहाल, ‘ख’ बाट एमालेका विजय सुवेदी र क्षेत्र नं ३ ‘क’ बाट एमालेका कृष्णप्रसाद भुर्तेल र ‘ख’ बाट माओवादी केन्द्रका रामलाल महतोले उम्मेदवारी दर्ता गर्नुभएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य