2026-08-01 09:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही

2026-06-11

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले करको दर हेरफेरको विषयमा अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदीय समितिमा गएर झुट बोलेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद शाहीले करको विषयमा आफूहरुले संसदीय छानविन समितिको माग गरेको रहरका लागि नभएको बताएका छन् । सांसद शाहीले सरकार र अर्थमन्त्रीलाई काम गर्न दिनु हुँदैन भन्ने मान्यतामा आफूहरु नरहेको समेत बताएका छन् ।

आफूसँग महालेखा परीक्षकको रिपोर्ट रहेको र पेज नम्बर नै भन्नु परे पनि भनिदिने बताउँदै सांसद शाहीले महालेखा परीक्षकको रिपोर्टको १५२ नम्बर पेजमा इभी गाडीहरुमा त्यसका क्षमतालाई तलमाथि गरेर मात्रै तातोपानी, कोरला र रसुवागढीबाट मात्रै दुई अर्ब ५० करोड ८३ लाख १६ हजार अघिल्लो सरकारले छुट दिएको र त्यसको छानविन गर भनेको बताए ।

देशैभर गरेर तीन अर्ब ७७ करोड ४४ लाख १९ हजार छुट महसुल र करका सम्बन्धमा छानविन गरी असुल उपर गर्नुपर्छ भनेको जानकारी गराए । उनले जेठ १ गतेदेखि १४ गतेसम्म ३ हजार सवारीसाधन नेपाल भित्रिएको देखिने बताए । उनले गाडी २१ गते आएको तर भन्सार पास भने १४ गते नै भएको स्पष्ट देखिएको बताएका छन् । उनले भने, ‘करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वीरगञ्जमा आज पनि निषेधाज्ञा जारी सामाजिक सद्भाव सुदृढ बनाउन सरकार योजनाबद्ध रूपमा लागिपरेको छ: प्रधानमन्त्री साह राष्ट्रियसभाको बैठक साउन १८ गते सम्मका लागि स्थगित साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजारमा हरियाली वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ म संघीयता विरोधी होइन : प्रधानमन्त्री शाह राष्ट्रपति पौडेलद्वारा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति समवेदना प्रकट कुनै पनि विषय वस्तुमा तर्क राख्नुअघि संयमित बनौँ: गगन थापा रवि लामिछानेले गरे धार्मिक अगुवाहरूसँग छलफल ब्रोड पिक हिमपहिरोमा बेपत्तामध्ये चार जनाको शव फेला प्रधानमन्त्री शाह मधेशी नेताहरूसँग छलफल गर्दै अन्डाको मूल्य बढ्यो कुवेतकोमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु सुनचाँदीको मूल्यमा वृद्धि सर्लाहीको बरहथवा बजारमा प्रदर्शन गर्न आएका चार जना नियन्त्रणमा नेपाली निर्मल पुर्जासहित १० आरोही पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन धारिलो हतियार प्रहार गरि आफ्नै बाबुको हत्या गर्ने छोरा पक्राउ मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक सेप्टिक ट्यांकीमा फसेर तीन जना मजदुरको मृत्यु सेयर बजार निरन्तर ओरालोतिर