
काठमाडौँ | नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ५ हजार ३०० र चाँदी १९० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ९२ हजार कायम भएको छ ।
एक तोला चाँदीको मूल्य ४ हजार ८४० रुपैयाँ निर्धारण भएको छ । बिहीबार एक तोला सुन २ लाख ८६ हजार ७०० र त्यति नै परिमाणको चाँदी ४ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।