2026-09-27 10:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले

2026-06-12

काठमाडौँ | अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्ले कार्यपालिकालाई समग्र म्यान्डेट प्रदान गर्ने भएकाले आवश्यक परे सरकार गठन र विघटनसम्मको अधिकार प्रतिनिधिसभासँग रहने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा राप्रपाकी सांसद खुस्बु ओलीको प्रश्नको जवाफ दिँदै वेस्टमिन्स्टर संसदीय प्रणालीको अभ्यासबारे स्पष्ट पारे।

उनले भने, ‘वेस्टमिन्स्टर प्रणाली हो, कार्यपालिका अथवा देशको प्रधानमन्त्री नियुक्त गर्ने थलो यही नै हो। त्यसैले यो सार्वभौम नै छ, मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ। सरकार बनाउने, सरकार ढाल्ने तर त्यहाँ वेस्टमिन्स्टर प्रणालीमा अब अङ्कगणित, बहुमतीय प्रणालीमा एक एउटा स्थापित मान्यता छ नै।’

उनले बहुमतीय संसदीय प्रणालीमा अंकगणितीय आधार र स्थापित राजनीतिक मान्यताहरूले पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताए। दैनिक प्रशासनिक तथा नीतिगत निर्णयका हरेक विषय संसद्मा ल्याउन सम्भव नहुने भएकाले लामो संसदीय अभ्यासबाट केही अधिकार कार्यपालिकालाई प्रत्यायोजन गर्ने परम्परा विकसित भएको बताए। उनले संयुक्त राज्य अमेरिकाको व्यापार वार्तालाई उल्लेख गर्दै व्यापार सम्झौता गर्ने मूल अधिकार संसद्सँग भए पनि व्यवहारिक कारणले कार्यपालिकालाई व्यापक अधिकार दिइने गरेको बताए। कार्यपालिकाले गरेका सम्झौताहरूलाई संसद्ले अन्तिम स्वीकृति वा अस्वीकृति दिने व्यवस्था धेरै लोकतान्त्रिक मुलुकमा रहेको उनको तर्क छ।

उनले थपे, ‘प्रधानमन्त्री सबै कुरा संसद्मै आउनुपर्छ भन्ने बहस गर्न सकिन्छ। तर अहिलेको अभ्यास पनि विशेष कारण र लामो अनुभवका आधारमा विकसित भएको हो। अन्ततः कानुन निर्माण गर्ने अधिकार संसद्मै निहित रहेको र आवश्यक परे संसद्ले नै विद्यमान व्यवस्था परिवर्तन गर्नसक्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह