2026-10-17 08:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ

2026-06-13

काठमाडौँ | श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले देशलाई बिछट्टै माया गरेकै कारण आफूले दुनियाँभरका मान्छेबाट गाली र अपमान सहनुपरेको गुनासो गरेका छन्। शनिबार काठमाडौँमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले देशको हितका लागि निरन्तर आवाज उठाउँदा आफू सामाजिक सञ्जालमा सङ्गठित रूपमै तिरस्कारको सिकार भइरहेको बताए।

उनले आफू धरानको मेयर हुँदा दैनिक करिब एक हजार वटा गाली पाउने गरेको स्मरण गर्दै हाल त्यो सङ्ख्या बढेर दैनिक १० हजार पुगेको उल्लेख गरे। दार्चुलामा महाकाली नदीमाथि तुइन विस्थापनका लागि झोलुङ्गे पुल बनाउने क्रममा पनि आफूलाई व्यापक रूपमा गाली गरिएको भन्दै उनले सामाजिक सञ्जालमा आफूविरुद्ध योजनाबद्ध रूपमा गाली अभियान सञ्चालन भइरहेको आशङ्का व्यक्त गरे। नेपाली समाजमा अरूले गरेको राम्रो कामको प्रशंसा गर्नुभन्दा खुट्टा तान्ने निकृष्ट प्रवृत्ति रहेको टिप्पणी गर्दै अध्यक्ष राईले यसको अन्त्य नभएसम्म देश बन्न नसक्ने स्पष्ट पारे। आफू काम नगर्ने र अरूलाई पनि गर्न नदिने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा उनले जोड दिए।

अध्यक्ष हर्कराज राईले भने: ‘संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला। मैले किन गाली खाइराख्नु परेको छ भन्दाखेरि म यो देशलाई बिछट्टै माया गर्छु। मलाई गाली गर्ने ती सम्पूर्ण महानुभाव, विद्वान् र बौद्धिक मित्रहरूलाई मेरो हार्दिक सम्मान छ। तपाईंहरू मेरो खुट्टा तानिरहनुस्, म आफ्नो बाटो हिँडिरहन्छु, अन्ततः जित मेरै हुनेछ। दार्चुलामा पुल थाप्न जाँदा थुप्रैले खुट्टा ताने, तर हामीले पुलको लट्ठा तानेर अब १०–१५ दिनमा उद्घाटन गर्ने अवस्थामा पुर्‍याएका छौँ। यदि गाली गर्नु नै तपाईंहरूको पेसा हो भने एउटा गाली कम्पनी खोल्नुस्, त्यसको चेयरम्यान बन्नुस्, तर त्यो कम्पनीको उद्घाटन चाहिँ मेरै हातबाट रिबन काटेर गराउनुस्।’

अध्यक्ष राईले प्रधानमन्त्री वालेन्द्र साहको अभिव्यक्तिका कारण सुस्तामा भारतीय सेना प्रवेश गरेको गम्भीर आरोप समेत लगाए। उनले देशको सिमाना सुस्तामा भारतीय सेना आएर हतियार देखाउँदै अतिक्रमण गर्न थालेको दाबी गर्दै त्यहाँ तत्काल नेपाली सेना र सुरक्षाकर्मी पठाउनुपर्ने माग गरे। सीमा सुरक्षाका विषयमा राज्य संवेनशील हुनुपर्नेमा जोड दिँदै उनले संसद्को रोस्ट्रममा उभिएर जनतालाई उत्तर दिनु प्रधानमन्त्रीको दायित्व भएको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु