2026-11-28 02:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत

2026-06-16

काठमाडौँ | प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको छलफल जारी छ । सभाको आजको बैठकमा सांसदहरूले विभिन्न मन्त्रालयको शीर्षकको खर्च रकम घटाउनेसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका छन् । बैठकमा सांसद गुरुप्रसाद बरालले विनियोजन विधेयक, २०८३ अन्तर्गत विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै माध्यामिक तह विद्यालयदेखि नै विज्ञान तथा प्रविधिमा पढाइ गर्न माग गरे । उनले विज्ञान र प्रविधि सबै ज्ञानको आधार भएकाले यसमा लगानी बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

“दश जोड दुईमा विज्ञान पढाउने आधार तयार गरी विज्ञान विषय पढाउनुपर्ने जरुरी छ”, सांसद बरालले भन्ने, “रु चार अर्बको बजेट अहिले छ, नयाँ मन्त्रालयल पनि तयार गरेको हुनाले त्यसका लागि पहल गर्नुपर्छ ।”

सांसद रमेशकुमार मल्लले विनियोजन विधेयक, २०८३ अन्तर्गत कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउनुपर्नेलगायत माग गरे । उनले कर्णालीबाट तीन सडकमा बजेट हालिदिने भनेर सुरुमा योजना मागेको भए पनि बजेटको किताबमा नपरेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद बलावती शर्माले भौतिक विकासको खाका बजेटमा नभएको भन्दै देशभर बन्नुपर्ने सडक, विद्यालय, झोलुङ्गे पुल निर्माणजस्ता विषयमा सरकारले ध्यान दिन नसकेको आरोप लगाईन् । उनले विनियोजन विधेयक, २०८३ अन्तर्गत पूर्वाधार विकास मन्त्रालयको शीर्षकको खर्च कटाएर घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै बागलुङको पूर्वाधार निर्माणमा आवश्यक बजेट विनियोजनको माग गरेकी छिन् ।

सांसद विष्णुमाया विकले लागुऔषधको प्रयोग तथा ओसारपसार नियन्त्रणमा बजेट नदेखिएको, विपद् जोखिम न्यूनीकरणका लागि पनि बजेट न्यून रहेको, धनकुटालगायत १९ वटा कारागार निर्माण गर्ने भनिए तापनि थोरै बजेट देखिएकोप्रति सरकारको ध्यानाकर्षण गराईन् । विनियोजन विधेयक, २०८३ अन्तर्गत गृह मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उहाँले साइबर अपराध न्यूनीकरणका लागि बजेट न्यून रहेकामा सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

ससांद यज्ञबहादुर बोगटीले ऊर्जा, जलस्रोत तथा सिँचाइमा बजेट छुट्याउने विषयमा सरकारले ध्यान दिन नसकेको भन्दै विद्युत् महसुलमा कर लगाउँदा जनतालाई आर्थिक बोझ थपिएको उल्लेख गरे । उनले विनियोजन विधेयक, २०८३ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उहाँले बजेटले पछाडि परेको क्षेत्रको विकासमा ध्यान नदिएको बताए ।

सांसद बोगटीले सरकारको नीति एकातिर र कार्यक्रम अर्कातिर भएकाले एकरूपता बनाउन र आवश्यकताका आधारमा बजेट छुट्याउनुपर्नेमा त्यो हुन नसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले महाधिवेशनमार्फत पार्टीलाई एकताबद्ध बनाउन लाग्नुपर्छ : शशांक कोइराला पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने एक जना पक्राउ कांग्रेस निर्माण गर्नेहरू नै आधिकारिक कांग्रेस हुन् : प्रकाशशरण महत कांग्रेस नेपालको राजनीतिक विश्वविद्यालय हो, सबैले कांग्रेसबाटै सिक्ने हो : प्रदीप पौडेल कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनका लागि पाँच समिति गठन प्रधानमन्त्री बालेन राष्ट्रपति पौडेललाई भेट्न शीतल निवासमा नेपाल–भारत सीमा समस्या समाधानमा ‘ज्वाइन्ट भिजन डकुमेन्ट’ले मार्गनिर्देश गर्छ : परराष्ट्र मन्त्रालय फोहोर फ्याँकेजस्तो गरेर सुकुमबासी समस्या हल हुँदैन : बाबुराम भट्टराई खाना बन्द भएपछि बोडेका सुकुमबासी रित्तो थाल बजाउँदै सडकमा, सरकारविरुद्ध प्रदर्शन राष्ट्रपति पौडेल र रास्वपा सभापति रवि लामिछानेबीच शीतल निवासमा भेटवार्ता इरानलाई रुस–चीनको सहयोगबारे ट्रम्पको टिप्पणी : ‘उनीहरू कम संलग्न छन्’ भूमिहीन सुकुमबासीलाई पहिले जग्गा सुनिश्चित गर्न आङ्देम्बेको माग बौद्धबाट स्रोत नखुलेको २४ लाख नगदसहित तिब्बतीयन नागरिक पक्राउ सुनचाँदीको मूल्यमा भारी वृद्धि, सुन तोलामा ३३ सय र चाँदी १२० रुपैयाँले बढ्यो बालेनको भारत भ्रमणलाई सामान्य रूपमा लिनुपर्छ, ठूलो उपलब्धि देखिएन : प्रचण्ड प्रधानमन्त्रीको भ्रमणमा यसपालि केही पनि उपलब्धि भएन :केपी शर्मा ओली वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने चार जना पक्राउ नेप्सेमा दोहोरो अंकको गिरावट, परिसूचक २६३५ विन्दुमा झर्‍यो फोहोर व्यवस्थापन राजनीतिक मुद्दाभन्दा ठूलो हो : ऊर्जामन्त्री श्रेष्ठ मोरङमा बालिकामाथि बलात्कार र कुटपिट, श्रीमान्–ससुरा पक्राउ