2026-10-18 04:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेप्से परिसूचक ६.३१ अंकले घट्यो

2026-06-16

काठमाडौँ | साताको कारोबारको दोस्रो दिन मंगलबार सेयर बजार सामान्य अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा झरेको हो। आज कारोबारमा आएका १३ उपसमूहमध्ये दुई उपसमूहको सूचक बढ्दा बाँकी ११ उपसमूह भने राताम्मे भएका छन्। अधिकांश क्षेत्रको सेयर मूल्यमा दबाब देखिएपछि समग्र बजार परिसूचक पनि घटेको हो।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको ३१ करोड ९९ लाख ४५ हजार रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको नेप्सेले जनाएको छ। मूल्य वृद्धितर्फ सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक लाभ कमाएका छन्। यी दुवै कम्पनीको सेयर मूल्य क्रमशः १५ प्रतिशत र १४.९८ प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ।

यता, सयपत्री हाइड्रोपावर का लगानीकर्ताले सबैभन्दा बढी घाटा बेहोरेका छन्। कम्पनीको सेयर मूल्य ४.९० प्रतिशतले घटेको छ। मंगलबार कुल ३५५ कम्पनीको १ करोड ७ लाख ८ हजार ५९६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु