2026-08-01 09:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ

2026-06-16

काठमाडौँ | सप्तरी प्रहरीले ११ वर्षअघि एक व्यक्तिको अपहरणपछि हत्या गरेको आरोपमा लामो समयदेखि फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले अपहरण गरी मारेको कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–९ बस्ने ६९ वर्षीय दाउद मियाँ र सिरहाको लहान नगरपालिका–१९ बस्ने ६० वर्षीय नासिर भन्ने बसिर मियाँ रहेका छन्। दाउदलाई सुरुङ्गा–९ बाट जेठ २४ गते र नासिरलाई सप्तरीकै बलानबिहुल गाउँपालिका–१ बाट जेठ ३१ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार २०७२ साल भदौ २९ गते राति करिब ७ बजे सुरुङ्गा नगरपालिका–९ बस्ने जाहेरवाला रोशन खातुनका ससुरा एनुल मियाँलाई उनीहरूकै समूहले अपहरण गरेको थियो। आफ्नै घरमा बसिरहेको अवस्थामा एनुललाई अपहरण गरी बलान खोलादेखि पूर्वतर्फ रहेको पैनीको बाटोमा लगेर पानीमा डुबाई तथा मुख थुनेर हत्या गरिएको प्रहरी विज्ञप्तिमा उल्लेख छ।

उक्त घटनालगत्तै आरोपीहरू फरार भएका थिए। लामो समयदेखि लुकिछिपी बस्दै आएका उनीहरूलाई निरन्तरको खोजतलासपछि पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार पक्राउ परेका दुवै जनालाई सप्तरी जिल्ला अदालत राजविराजबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वीरगञ्जमा आज पनि निषेधाज्ञा जारी सामाजिक सद्भाव सुदृढ बनाउन सरकार योजनाबद्ध रूपमा लागिपरेको छ: प्रधानमन्त्री साह राष्ट्रियसभाको बैठक साउन १८ गते सम्मका लागि स्थगित साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजारमा हरियाली वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ म संघीयता विरोधी होइन : प्रधानमन्त्री शाह राष्ट्रपति पौडेलद्वारा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति समवेदना प्रकट कुनै पनि विषय वस्तुमा तर्क राख्नुअघि संयमित बनौँ: गगन थापा रवि लामिछानेले गरे धार्मिक अगुवाहरूसँग छलफल ब्रोड पिक हिमपहिरोमा बेपत्तामध्ये चार जनाको शव फेला प्रधानमन्त्री शाह मधेशी नेताहरूसँग छलफल गर्दै अन्डाको मूल्य बढ्यो कुवेतकोमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु सुनचाँदीको मूल्यमा वृद्धि सर्लाहीको बरहथवा बजारमा प्रदर्शन गर्न आएका चार जना नियन्त्रणमा नेपाली निर्मल पुर्जासहित १० आरोही पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन धारिलो हतियार प्रहार गरि आफ्नै बाबुको हत्या गर्ने छोरा पक्राउ मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक सेप्टिक ट्यांकीमा फसेर तीन जना मजदुरको मृत्यु सेयर बजार निरन्तर ओरालोतिर