2026-10-17 03:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी

2026-06-17

काठमाडौँ | सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्ति सच्याउने विषयमा रुलिङ नगरेको भनेर विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि प्रश्न उठाउने क्रम जारी राखेका छन् । सभामुख अर्यालले रुलिङ गर्नुपर्नेमा नगरेको भनेर विपक्षी दलका सांसदहरुले सभामुखलाई आज पनि दबाब दिएका हुन् ।

यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको बताएका थिए । यस्तो अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् । बुधबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरु आ–आफ्नो आसनबाट उठे । सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई बोल्ने समय दिए ।

साम्पाङले सीमा विवादबारे प्रधानमन्त्रीले आफ्नो बोली सच्याउनुपर्ने दोहोर्‍याए । यो विषयमा सभामुख अर्यालले रुलिङ गर्नुपर्ने उनको माग छ । नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले पनि रुलिङको माग गरे ।

नेपाली कांग्रेसका सांसद चन्द्र मोहन यादवले सभामुखले रास्वपासँगको सम्बन्ध त्याग्न नसकेको बताए । उनले भनेका छन्, ‘स्वयं सभामुख महोदयसँग एउटा प्रश्न छ । सभामुख महोदय, हाम्रो गरिमामय जो सामुन्ने कुर्सीमा बस्नु भन्दा पहिला एउटा पार्टीसँग सम्बन्धित हुनुहुन्थ्यो । के सभामुख महोदय अहिलेसम्म त्यो पहिलेको रास्वपा पार्टी थियो यहाँको त्योसँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ?’

सभामुखले सदनको गरिमा बढाउन पनि प्रधानमन्त्रीको विवादित अभिव्यक्ति उपर रुलिङ गर्नुपर्ने माग गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु