काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समसामयिक राजनीतिक परिस्थिति र आसन्न महाधिवेशनको तयारीबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ।
पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा उक्त बैठक बिहीबार बिहान ८ बजे बस्ने तय भएको रास्वपाकी कोषाध्यक्ष लिमा अधिकारीले जानकारी दिइन्।