2026-09-07 09:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

समावेशी लोकतन्त्रको रक्षाका लागि कांग्रेस प्रतिवद्ध: राज्यमन्त्री गुरुङ

प्रकाश धौलाकोटी/कात्तिक १७, तेह्रथुम । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले समावेशी लोकतन्त्रको रक्षाका लागि कांग्रेस प्रतिवद्ध रहेको बताउनुभएको छ । 

विहीबार तेह्रथुमबाट सदरमुकाम म्याङलुङ्गमा प्रतिनिधि सभाकालागि उम्मेद्वारी दर्तापछि कोण सभामा बोल्दै राज्यमन्त्री गुरुङले जिल्लाको विकास निर्माण, आर्थिक समृद्धि, सडक, शिक्षा, सिंचाई र खानेपानी विकास, युवा र महिलाका मुद्धा उठान गर्न बताउनुभयो । 

समावेशी लोकतन्त्रको जगमा मात्रै समाजको विकास र आर्थिक समृद्धि सम्भव भएको भन्दै उहाँले यसपटकको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा नेपाली कांग्रेसलाई बहुमत दिन आम मतदातालाई आग्रह गरेको बताउनुभयो । तेह्रथुम जिल्लामा झण्डै साढे दुई दशकदेखि बामपन्थी शक्तिहरुले नै शासन गर्दै आएको भन्दै राज्यमन्त्री गुरुङले उनीहरुले गरेका कार्यहरु सबैलाई छर्लङ्ग भएको बताउनुभयो । 

दुई पटक समानुपातिकबाट सांसद हुँदा आफुले सबै समय जिल्लाको विकास र समृद्धिका लागि खर्चिएको सम्झँदै राज्यमन्त्री एक पटक मौका दिएर हेर्न आम मतदातालाई आग्रह गरिरहेको बताउनुभयो । नेतृ गुरुङले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि जिल्लाबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । 

‘मलाई केन्द्रिय समितिले महिला भन्दै समानुपातिक बाट सिट सुरक्षित गर्न भनेकै हो,’ नेतृ गुरुङले भन्नुभयो, ‘तर मैले कमसेकम म पछाडिको पुस्तालाई महिला र युवाले पनि गर्न सक्छन् भन्ने सोचको विकास गराउन प्रत्यक्ष उम्मेद्वारी दिएकी हुँ ।’ 

उहाँ जिल्लाकै एक्ली महिला उम्मेदवार पनि हुनुहुन्छ । उहाँको विरुद्ध बाम गठबन्धनका लागि नेकपा एमालेका भवानीप्रसाद खापुङसहित अन्य १० जना पुरुषहरुको उम्मेदवारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित