2026-06-20 05:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल

2026-06-20

काठमाडौँ | नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले वर्तमान विश्व परिस्थितिलाई निराशा र सम्भावनाका दुवै पक्षबाट हेर्नुपर्ने बताएका छन् । नेपाल बुद्धिजीवी संगठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले केही मानिसले सबै कुरा बिग्रिएको भन्दै निराशाको प्रचार गरिरहेको उल्लेख गरे । अर्कोतर्फ, वास्तविक जटिलतालाई बेवास्ता गरेर केवल सकारात्मक पक्ष मात्रै हेर्ने प्रवृत्ति पनि रहेको उनको भनाइ थियो ।

उनले भने, ‘अहिले हामी जुन विश्वमा बाँचेका छौं, जुन अवस्थामा उभिएका छौं, यसका दुईवटा पाटा छन् । कसैकसैले निराशा देखिरहेका छन्, सबै बर्बाद भयो भन्ने मात्र ठानिरहेका छन् । र उनीहरूले निराशाको प्रचार गरिरहेका छन् । अर्कोतर्फ निराशालाई वास्तै नगरी एउटै पाटोलाई मात्रै हेरेर चल्ने पनि प्रवृत्ति हुनसक्छ ।’

उनले आफूहरू द्वन्द्ववादी दृष्टिकोणमा विश्वास गर्ने भएकाले जटिलता र सम्भावना, निराशा र आशा दुवैलाई सँगसँगै विश्लेषण गर्ने बताए । निराशा चिर्नका लागि त्यसका कारण पहिचान गरी समाधान खोज्नुपर्नेमा जोड दिँदै उनले रोगको पहिचान नगरी उचित उपचार सम्भव नहुने उल्लेख गरे । वास्तविक अवस्था पहिला बुझ्न आवश्यक रहेको उनको भनाइ थियो । उनले भने, ‘हामी द्वन्द्ववादी हौं । जटिलतालाई पनि हेर्छौं, सम्भावनालाई पनि हेर्छौं। निराशालाई पनि हेर्छौं, आशालाई पनि हेर्छौं । निराशा कसरी चिर्नुपर्छ, त्यसको उपाय पनि खोज्छौं । पहिला रोग पत्ता लगाउनुपर्छ । रोग पत्ता लगाएनौं भने उचित उपचार दिन सक्दैनौं । वास्तविकता पहिला पत्ता लगाउनुपर्छ।’

उनले अब पार्टीभित्र आत्मचिन्तन र मन्थन गर्नुपर्ने आवश्यकता रहेको बताए । कम्युनिस्टहरू आशावादी भएर सबै खालका चुनौतीको सामना गर्नुपर्नेमा जोड दिँदै उनले नेपालको सन्दर्भमा राजनीतिक प्रतिस्पर्धा र संघर्षबीच कम्युनिस्ट आन्दोलन अघि बढिरहेको धारणा व्यक्त गरे ।

उनले भने, ‘हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो । त्यो आशावादी भएर हामीले सबै खालका चुनौतीको सामना गर्ने हो। नेपालको सन्दर्भमा पनि चर्चा गर्ने हो भने धेरै उथलपुथलको बीचबाट उतारचढावको बीचबाट नेपालको कम्युनिस्ट आन्दोलन अगाडि बढेको छ । विभिन्न राजनीतिक शक्तिहरूसँग प्रतिस्पर्धा गर्दै प्रतिगामी शक्तिहरूलाई चुनौती दिँदै नयाँ इतिहास रचना गर्ने काममा पनि कम्युनिस्टहरूले नै महत्त्वपूर्ण भूमिका खेलेका छन्। यो सबै अवस्थाभित्र अहिले खासगरी २०७९ सालको निर्वाचनपश्चात निकै ठूलो परिवर्तन देखा परेको छ । अहिलेको ०८२ सालको चुनावले कल्पना नगरेको परिणाम प्राप्त गरेका छौं। यो हाम्रा लागि निकै ठूलो शिक्षा पनि हो । अब आफूभित्र आत्मचिन्तन र मन्थन गर्नुपर्ने आवश्यकता छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ