2026-10-17 09:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रास्वपाद्वारा विधान संशोधन गरी पार्टीलाई थप समावेशी बनाउने निर्णय

2026-06-22

काठमाडौँ | चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनको बन्द सत्रमा पार्टीलाई थप समावेशी र भुइँमान्छैमैत्री बनाउने उद्देश्यका साथ विधान संशोधन प्रक्रिया अघि बढाइएको छ। समावेशी सहभागितालाई सुनिश्चित गर्ने गरी विधानमा नयाँ व्यवस्थाहरू गरिएपछि विशेषतः महिला, दलित, जनजाति, मधेसी र थारु समुदायका प्रतिनिधिहरू निकै उत्साहित देखिएका छन्।

नयाँ व्यवस्थाअनुसार देशको आधा जनसङ्ख्या ओगट्ने महिला वर्गको नेतृत्व सुनिश्चित गर्न केन्द्रीय उपसभापति पदमध्ये एक जना महिला हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ। त्यसैगरी, ९९ सदस्यीय केन्द्रीय समितिमा सातै प्रदेशबाट ५-५ जनाका दरले प्रतिनिधित्व हुने ३५ जना सदस्यको पदलाई पूर्ण रूपमा समावेशी बनाइएको छ। यस अन्तर्गत प्रत्येक प्रदेशबाट कम्तीमा दुई जना महिलाको प्रतिनिधित्व अनिवार्य हुनुपर्नेछ भने भूगोल र जनसङ्ख्याको उपस्थितिका आधारमा गण्डकी र कोशी प्रदेशबाट १-१ जना जनजातिको कोटा सुरक्षित गरिएको छ।

यसैगरी, सुदूरपश्चिम र कोशी प्रदेशबाट १-१ जना दलित, लुम्बिनी प्रदेशबाट १ जना थारु र मधेस प्रदेशबाट १ जना मधेसी दलितको प्रतिनिधित्व अनिवार्य गर्दै रास्वपाले समावेशी सिद्धान्तलाई प्रगाढ रूपमा आत्मसात् गरेको छ। पार्टीको यस कदमप्रति मधेस प्रदेशबाट सहभागी महाधिवेशन प्रतिनिधिहरूले निकै खुसी व्यक्त गरेका छन्। धनुषाका प्रतिनिधि उदयकुमार साहले पुराना राजनीतिक दलहरूले समावेशी सिद्धान्तलाई प्राथमिकता नदिँदा जनताको विश्वास गुमाएको उल्लेख गर्दै रास्वपा यस मामिलामा अन्य दलभन्दा निकै अगाडि देखिएको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु