१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गर्नुपर्छ: उपराष्ट्रपति पुन

१७ कार्तिक २०७४, शुक्रबार ०८:१३

कात्तिक १७, चितवन । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । 

नेपाल पोल्ट्री महासंघले आयोजना गरेको नेपाल पोल्ट्री तथा लाइभस्टक अन्तर्राष्ट्रिय प्रदर्शनी, २०७४ को आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो –“नयाँ संविधानको कार्यान्वयनको निर्णायक तथा अन्तिम चरण प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन रहेकाले यसलाई महाउत्सवको रुपमा सम्पन्न गर्न सबैको सक्रिय सहयोग आवश्यक छ ।” 

उपराष्ट्रपति पुनले राजनीतिक दलका नेता कार्यकर्ता तथा उम्मेदवारले आ–आफ्ना एजेण्डा लिएर मतदाताकहाँ पुगिरहेको उल्लेख गर्दै निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्छ, यसका लागि सरकार, राजनीतिक दल र सम्बन्धीत सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु भन्नुभयो । 

“विगतका निर्वाचन जस्तै आउँदो निर्वाचन पनि उत्सवका रुपमा सम्पन्न हुन्छ, यसले संविधान कार्यान्वयनले सुखद रुप लिन्छ,” उहाँले भन्नुभयो –“निर्वाचनमा सहभागी भई सार्वभौम अधिकार प्रयोग गर्न म आम मतदातालाई आग्रह गर्दछु ।” 

उपराष्ट्रपति पुनले चितवन पोल्ट्री क्षेत्रमा राम्रो प्रगति गरेको उल्लेख गर्दै झण्डै छ दशक लामो इतिहास बोकेको पोल्ट्री क्षेत्र आज देशको आत्मनिर्भर क्षेत्रका रुपमा विकास भएको बताउनुभयो । 

यो क्षेत्रलाई आत्मनिर्भर बनाउन निजी क्षेत्रको प्रमुख भूमिका रहेको बताउँदै उहाँले यसलाई उदाहरणका रुपमा लिएर अन्य क्षेत्रलाई पनि आत्मनिर्भर बनाउने योजना तर्जुमा गर्न सरकारलाई सुझाव दिनुभयो । 

कार्यक्रममा पशुपक्षी विकास मन्त्रालयका सचिव प्रकाश माथेमाले पोल्ट्री क्षेत्रको व्यवसायीकरण र बजारीकरणका लागि सरकारले सक्दो सहयोग गरिरहेको बताउँदै विसं २०६८ मा पक्षी नीति निर्माण गरी नीतिगतरुपमा पोल्ट्री क्षेत्रको विकासका लागि टेवा पु¥याउने काम भइरहेको छ भन्नुभयो । 

आत्मनिर्भर हुँदै गएको यो व्यवसायको विकासमा निजी क्षेत्रको योगदानको उच्च कदर गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले यो व्यवसायको विकास र विस्तारका लागि सरकारी सहयोगको खाँचो रहेको बताउँदै विश्वका विभिन्न देश पुगेर अवलोकन गर्नुपर्ने प्रदर्शनी स्वदेशमै हुनु आफैँमा महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो । 

भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल, नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट, उपाध्यक्ष टीकाराम पोखरेललगायतले पोल्ट्री व्यवसायको विविध पक्षमाथि प्रकाश पार्नुभयो । 

आजबाट शुरु भएको प्रदर्शनीमा नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, ताइवान, इटली, इजराइल, बंगलादेशलगायत देशका १७० वटा कक्ष रहेको नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले जानकारी दिनुभयो । 

प्रदर्शनीका क्रममा स्वदेश र विदेशका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने गरी कार्यशाला गरिँदैछ । प्रदर्शनीमा २५ देखि ३० हजार व्यवसायी एवंं सर्वसाधारण अवलोकनका लागि आउने अनुमान गरिएको छ । प्रदर्शनीका लागि करिब ५०० विदेशी यहाँ आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी