2026-08-31 02:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गर्नुपर्छ: उपराष्ट्रपति पुन

कात्तिक १७, चितवन । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । 

नेपाल पोल्ट्री महासंघले आयोजना गरेको नेपाल पोल्ट्री तथा लाइभस्टक अन्तर्राष्ट्रिय प्रदर्शनी, २०७४ को आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो –“नयाँ संविधानको कार्यान्वयनको निर्णायक तथा अन्तिम चरण प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन रहेकाले यसलाई महाउत्सवको रुपमा सम्पन्न गर्न सबैको सक्रिय सहयोग आवश्यक छ ।” 

उपराष्ट्रपति पुनले राजनीतिक दलका नेता कार्यकर्ता तथा उम्मेदवारले आ–आफ्ना एजेण्डा लिएर मतदाताकहाँ पुगिरहेको उल्लेख गर्दै निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्छ, यसका लागि सरकार, राजनीतिक दल र सम्बन्धीत सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु भन्नुभयो । 

“विगतका निर्वाचन जस्तै आउँदो निर्वाचन पनि उत्सवका रुपमा सम्पन्न हुन्छ, यसले संविधान कार्यान्वयनले सुखद रुप लिन्छ,” उहाँले भन्नुभयो –“निर्वाचनमा सहभागी भई सार्वभौम अधिकार प्रयोग गर्न म आम मतदातालाई आग्रह गर्दछु ।” 

उपराष्ट्रपति पुनले चितवन पोल्ट्री क्षेत्रमा राम्रो प्रगति गरेको उल्लेख गर्दै झण्डै छ दशक लामो इतिहास बोकेको पोल्ट्री क्षेत्र आज देशको आत्मनिर्भर क्षेत्रका रुपमा विकास भएको बताउनुभयो । 

यो क्षेत्रलाई आत्मनिर्भर बनाउन निजी क्षेत्रको प्रमुख भूमिका रहेको बताउँदै उहाँले यसलाई उदाहरणका रुपमा लिएर अन्य क्षेत्रलाई पनि आत्मनिर्भर बनाउने योजना तर्जुमा गर्न सरकारलाई सुझाव दिनुभयो । 

कार्यक्रममा पशुपक्षी विकास मन्त्रालयका सचिव प्रकाश माथेमाले पोल्ट्री क्षेत्रको व्यवसायीकरण र बजारीकरणका लागि सरकारले सक्दो सहयोग गरिरहेको बताउँदै विसं २०६८ मा पक्षी नीति निर्माण गरी नीतिगतरुपमा पोल्ट्री क्षेत्रको विकासका लागि टेवा पु¥याउने काम भइरहेको छ भन्नुभयो । 

आत्मनिर्भर हुँदै गएको यो व्यवसायको विकासमा निजी क्षेत्रको योगदानको उच्च कदर गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले यो व्यवसायको विकास र विस्तारका लागि सरकारी सहयोगको खाँचो रहेको बताउँदै विश्वका विभिन्न देश पुगेर अवलोकन गर्नुपर्ने प्रदर्शनी स्वदेशमै हुनु आफैँमा महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो । 

भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल, नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट, उपाध्यक्ष टीकाराम पोखरेललगायतले पोल्ट्री व्यवसायको विविध पक्षमाथि प्रकाश पार्नुभयो । 

आजबाट शुरु भएको प्रदर्शनीमा नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, ताइवान, इटली, इजराइल, बंगलादेशलगायत देशका १७० वटा कक्ष रहेको नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले जानकारी दिनुभयो । 

प्रदर्शनीका क्रममा स्वदेश र विदेशका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने गरी कार्यशाला गरिँदैछ । प्रदर्शनीमा २५ देखि ३० हजार व्यवसायी एवंं सर्वसाधारण अवलोकनका लागि आउने अनुमान गरिएको छ । प्रदर्शनीका लागि करिब ५०० विदेशी यहाँ आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो