
काठमाडौँ | स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार (असार १०) सुनको मूल्य तोलामा ३६ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, यस दिन सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने सुन तोलामा दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा १०५ रुपैयाँ घटेको छ । यस दिन चाँदी प्रतितोला चार हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।