काठमाडौँ | सहोदर दाइलाई कुटपिट गरी हत्या गर्ने भाइलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार राति कोहलपुरका २५ वर्षीय मनोज चौधरीको हत्या भएको थियो । सोही नगरपालिकाको वडा नम्बर ४, गोहवाका २० वर्षीय विनोद चौधरीले मनोजको हत्या गरेका थिए ।
दाइलाई मरणसन्न हुने गरी कुटपिटपछि विनोद भागेका थिए । इलाका प्रहरी कार्यालय, कोहलपुर र प्रहरी बिट, मदनचोकबाट खटिएको प्रहरीले उनलाई कोहलपुर नगरपालिका- १५ बाट सोमबार बिहान पक्राउ गरेको हो ।