
काठमाडौँ | आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलामा ४ हजार ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार यस दिन एक तोला सुनको मूल्य २ लाख ७७ हजार ९ सय रुपैयाँ तोकिएको छ । हिजो सोमबार एक तोला सुनको मूल्य २ लाख ८२ हजार ४०० रुपैयाँ थियो ।
यता, चाँदीको मूल्य तोलाको २५ रुपैयाँले घटेर ४ हजार २८० रुपैयाँ कायम भएको छ ।