2026-10-18 10:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ

2026-06-30

काठमाडौँ | प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरेको एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ४३ वर्षीय रामशरण दमाई, काठमाडौँका ३९ वर्षीय सबिन खवास, पर्साकी ४३ वर्षीया लक्ष्मी गोले र सिन्धुलीका ४६ वर्षीय शेरबहादुर मोक्तान छन्। असार ९ गते साँझ ७ बजेतिर सर्लाहीका धनबहादुर मोक्तान साथी शेरबहादुरकोमा गएका थिए। उनले जग्गा खरिद गर्नका लागि भनेर काठमाडौँआइपुगेका थिए। त्यही बेलामा ५/६ जनाको समूहले प्रहरी हौं भनेर धम्क्याएर धनबहादुरलाई नियन्त्रणमा लिएको एसपी भट्टराईले बताए।

नियन्त्रणमा लिएर हतकडी समेत लगाएर धनबहादुरले बोकेको १० लाख ९५ हजार रुपैयाँ, मोबाइल, बैंकका खाली चेकहरू डाँका चोरी गरी भागेका थिए। अनुसन्धानको क्रममा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूबाट प्रहरीले दुई लाख रुपैयाँ नगद बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु