काठमाडौँ | धादिङको इच्छाकामना गाउँपालिका ५, तुइनखोलामा आज (बुधबार) बिहान सुक्खा पहिरो खस्दा बन्द मुग्लिन-नारायणगढ सडक खुलेको छ।
सडक डिभिजन भरतपुरले आज बिहान ११:१५ बजे सूचना जारी गरी पहिरो पन्छाएर सडक खुलाइएको जानकारी दिएको हो। आज बिहान करिब १०:४० बजे तुइनखोलामा सुक्खा पहिरो खस्दा दुवैतर्फ यातायात बन्द भएको थियो। तर सडक डिभिजन भरतपुरले तत्काल हेभी मेसिन प्रयोग गरी पहिरो पन्छाएर १ घण्टाभन्दा कम समयमै सडक खुलाएको हो।