2026-07-01 04:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली

2026-07-01

काठमाडौँ | नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश प्रतिगामी, फाँसीवादी बाटोमा जान नसक्ने बताएका छन् । अध्यक्ष ओलीले फाँसीवादी प्रवृत्तिकाविरुद्ध मिल्न सक्ने सबै शक्ति मिलेर संयुक्त सङ्घर्षमा जानुपर्ने आवश्यकतामा जोड दिँदै ती शक्तिसँग कार्यगत एकता गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । नेकपा (एमाले) निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलद्वारा पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित सम्पर्क विशेष सङ्गठन कमिटीसँग सुझाव सङ्कलन कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘यतिबेला पार्टी एकीकरण, एकताको कुरा कहाँबाट आयो ?’ प्रश्न गर्दै अध्यक्ष ओलीले भने, ‘नेकपा (एमाले) देशव्यापीरुपमा फैलिएको, सुदृढ सङ्गठन भएको, सही विचार र महान् उद्देश्यका साथ अगाडि बढिरहेको पार्टी भएकाले यसलाई थप सुदृढ र विस्तार गर्नुछ, एकीकरण गर्नु आवश्यक छैन ।’

अध्यक्ष ओलीले एमालेको नीति, विचार, उद्देश्य बोकेर अगाडि बढ्न चाहने व्यक्तिहरूलाई ढोका खुला रहे पनि एकताको चरणमा अहिले आफूहरू नरहेको बताए । अध्यक्ष ओलीले सरकारमा रहँदा देशको विकास र जनताको हितमा ऐतिहासिक र असाधारण काम गरेको दाबी समेत गरेका छन् । ‘हामीले केही बिगारेका छैनौँ, त्याग, तपस्या गरेका छौँ, लोभ पाप गरेका छैनौँ, हीनताबोध गर्नुपर्ने छैन, भविष्य हाम्रै हो’, ओलीले उच्च मनोबलका साथ जनतामा परेको भ्रम चिर्दै अगाडि बढ्न सम्पर्क विशेष सङ्गठन कमिटीमा आबद्ध नेता–कार्यकर्तालाई आग्रह गरे ।

‘गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो’, तत्कालीन प्रधानमन्त्री ओलीले भने, ‘हामी हमलामा पर्‍याैँ। सुरक्षा संयन्त्र परिचालित भएन ।’ सुझाव सङ्कलन कार्यक्रममा पार्टीका उपाध्यक्ष, निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, पार्टीका नेता लालबाबु पण्डित लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप