2026-07-01 05:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभामुख अर्यालसँग साउदी राजदूतको भेट

2026-07-01

काठमाडौँ | सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि साउदी अरबका राजदूत फाहद मोहम्मद ए मनिखले शिष्टाचार भेट गरेका छन् ।

भेटमा सभामुख अर्यालले नेपालको सङ्घीय संसद् साउदी अरबको शुरा काउन्सिलसँग सहकार्य गर्न इच्छुक रहेको बताउँदै सङ्घीय संसद्को हालैको निर्णयअनुसार नेपाल–साउदी अरब संसदीय मैत्री समूह गठन भएको जानकारी दिए। साथै यसै माध्यमबाट दुवै देशका संसद्बीच पारस्परिक हितका विषयमा सहकार्य गर्न सहज हुने विश्वास व्यक्त गर्नुभएको सभामुखको निजी सचिवालयले जनाएको छ।

उनले नेपाल र साउदीबीच श्रम आप्रवासका क्षेत्रमा बढ्दो सहकार्यप्रति कृतज्ञताका साथ साउदी अरबले नेपालीलाई प्राथमिकता दिएकामा आभार व्यक्त गरे। राजदूत मनिखले साउदी अरब र नेपालबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन आफू क्रियाशील रहेको बताउँदै श्रम, व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्पर्कलाई विस्तार गर्न प्रतिबद्ध रहेको बताए।

आगामी वर्ष नेपाल र साउदी अरबबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुँदैछ । युवा,श्रम तथा रोजगार मन्त्रालयका अनुसार हाल साउदीमा तीन लाख ८४ हजार ८६५ नेपाली कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ?