2026-08-18 06:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का

2026-07-03

काठमाडौँ | पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने व्यवसायीविरुद्ध सरकार कडा रूपमा उत्रिने भएको छ । नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ बिक्रेता बिनियमावली संशोधन गरेर पम्प बन्द गर्ने व्यवसायीलाई तीन लाखदेखी १० लाख रुपैयाँसम्म जरिवाना र ५ दिनदेखि १५ दिनसम्म पेट्रोल, डिजेल बितरण रोक्का गर्ने कानूनी व्यवस्था गरेको छ ।

निगमको सञ्चालक समितिले पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गरी उक्त प्रावधान राखेको हो। पेट्रोलपम्पका कारण बुधबार देशभर इन्धन बिक्रीवितरण असहज भएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीको निर्देशनमा निगमले विनियमावलीमा जरिवाना र बिक्रीवितरण रोक्का गर्ने कानुनी प्रबन्ध गरेको हो। अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ती असहज गर्ने व्यवसायीलाई कारबाही गर्ने कानूनी आधारसमेत नभेटिएपछि मन्त्री यादवले नयाँ कानूनी व्यवस्था गर्न निर्देशन दिएकी थिइन् । संशोधित विनियमावली अनुसार पम्प बन्द गर्ने व्यवसायीलाई तीनदेखि १० लाख जरिवाना र पाँचदेखि १५ दिनसम्म पेट्रोल, डिजेल वितरण रोक्का हुने उद्योगमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ।

यो व्यवस्थाका कारण आउँदा दिनमा कुनै पनि पेट्रोलपम्प उचित कारण बिना बन्द गरेको भेट्टिए कारबाही हुने सुनिश्चित भएको छ । विक्रेता विनियमावलीको दफा २९ घ (१) मा ‘विक्रेताले नोजल सुक्खा (ड्राइ) गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सृजना गर्न नहुने’ भन्ने वाक्य थप गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा कांग्रेसको प्रतिद्वन्द्वी होइन, राजनीतिक प्रतिस्पर्धी मात्र हो: गगनकुमार थापा पुराना दललाई दोष दिएर सरकार उम्किन मिल्दैन, अब नतिजा देखाउनुपर्छ: हर्कराज राई गगन थापा र देउवाबीचको दूरी घटाउन पहल गर्छु: शशांक कोइराला प्रमाणबिना महिलामाथि आरोप लगाउन पाइँदैन : सांसद इन्दिरा राना सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका कहिलेसम्म चहारेर हिँड्ने? : आशिका तामाङ बाढीपहिरोको जोखिममा रहेका बस्ती तत्काल सुरक्षित स्थानमा सारौँ: कांग्रेस सांसद काउँचा भूमिहीनलाई अधिकार दिऔँ, निराशा होइन: राजीव खत्री बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा रास्वपा सभापति लामिछानेले बोलाए केन्द्रीय समिति बैठक सदनमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुख अर्यालको रुलिङ संसद् बैठक सुरु भएलगत्तै विपक्षी दलको विरोध सरकारसँग सहमति भएपछि वैदेशिक रोजगार व्यवसायी संघको आन्दोलन फिर्ता सुक्खा पहिरो खस्दा अवरुद्ध पृथ्वी राजमार्ग चार घण्टापछि सञ्चालनमा इतर समूहको राष्ट्रिय भेलाका निर्णयबारे कांग्रेस सभापति थापाले विशेष सम्बोधन गर्ने पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै देशभर नागपञ्चमी पर्व मनाइँदै सुनचाँदीको मूल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर एनआरएनए ११ औँ एसिया प्यासिफिक सम्मेलन सम्पन्न, २१ बुँदे घोषणापत्रमार्फत नागरिकता, लगानी र मतदानको अधिकारमा जोड श्रमिक धेरै रहेका मुलुकमा ‘सेल्टर हाउस’ स्थापना गर्न एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेको आग्रह