काठमाडौँ | कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम व्यस्त भएपछि प्रतिनिधि सभा बैठक सूचना टाँसेर बिहीबारसम्मका लागि स्थगित गरिएको छ । बुधबार १५ मिनेटका लागि स्थगित गरिएकाे बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।
असार २४ गते बुधबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक विशेष कारणवश निर्धारित समयमा बस्न नसक्ने भएपछि सभामुखले बैठक भोलिसम्मका लागि सारेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सूचना टाँसेर जानकारी दिएका छन् ।
पाण्डेयद्वारा जारी सूचना अनुसार, प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम बैठक स्थगित गरिएको हो । कानुनमन्त्री गौतम राष्ट्रिय सभाका सीमितमा रहेका प्रतिस्थापन विधेयकको छलफलमा सहभागी छिन् ।