2026-07-08 04:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक ३० अंकले घट्यो

2026-07-08

काठमाडौँ | मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३० अंकले घटेर २६२१ बिन्दुमा झरेको छ । अघिल्लो दिन भने बजार २४ अंकले बढेको थियो ।

बजार घटे पनि कारोबार रकम भने बढेको छ । मंगलबार ४ अर्ब ४० करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ४ अर्ब ८२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो । २५ कम्पनीको सेयर मूल्य बढ्दा २४७ कम्पनीको घट्यो । विश्लेषकका अनुसार मौद्रिक नीतिमा संस्थाको वित्तीय सबलताका आधारमा सेयर धितो कर्जा सीमा निर्धारण गरिने व्यवस्था उल्लेख भएपछि लगानीकर्तामा चासो र अन्योल बढेको हो ।

यसले विशेषगरी जलविद्युत् कम्पनीका सेयरमा दबाब सिर्जना गरेको देखिएको छ । यसबाहेक, लगानीकर्ताले मौद्रिक नीतिबाट थप राहत र प्रोत्साहनको अपेक्षा गरेका थिए । अपेक्षाअनुसार नयाँ व्यवस्था नआएको तथा असार मसान्तमा बैंकको किस्ता भुक्तानी गर्नुपर्ने दबाबका कारण पनि बिक्री चाप बढ्दा बजार घटेको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम