
काठमाडौँ | नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ७०० रुपैयाँले उकालो लागेको हो । यससँगै प्रतितोला सुन २ लाख ८७ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो।
यता, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा तोलामा १७० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा ४ हजार ५१० सय रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।