2026-07-10 02:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा

2026-07-10

काठमाडौँ | नेपाली कम्युनिस्ट पाटी (नेकपा) ले राहदानी विभाग अगाडि आत्मदाह गर्ने मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेकपाकी सांसद पार्वती विकले सरकारले बढाएको चर्को ट्राफिक जरिवाना र प्रशासनिक दबाबका कारण एक युवाले अकालमै ज्यान गुमाउनुपरेको बताइन् । सांसद विकले गणेश नेपालीले मोटरसाइकल पार्किङ गरेको निहुँमा १० हजार रुपैयाँ जरिवाना तिर्नुपरेको र त्यसबाट सिर्जित मानसिक तनावका कारण आत्मदाहको बाटो रोजेको उल्लेख गरिन् ।

‘१० हजार जरिवानाले उनलाई कति तनाव दियो होला ? यो जरिवाना मात्र होइन, राज्यको संवेदनहीनताको उपज हो,’ उनले भनिन्, ‘नेपाल सरकारले हालै ट्राफिक जरिवाना हेरफेर गर्दा कसुरको प्रकृति र गम्भीरतालाई ख्याल नगरेकै कारण यो ज्यान गएको छ।’

सांसद विकले गणेश नेपालीको मृत्यु केवल एक व्यक्तिको मृत्यु नभएर राज्यको उत्तरदायित्व र सामाजिक विवेकमाथिको गम्भीर प्रश्न भएको बताइन् । उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र विक्षिप्त परिवारलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरिन् । आफ्नो सम्बोधनका क्रममा सांसद विकले राष्ट्रियताको विषयमा पनि सरकारको ध्यानाकर्षण गराइन् । प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भनी दिएको अभिव्यक्ति गैरजिम्मेवार रहेको उनको भनाइ थियो। यस्तै, सुस्तामा भारतीय सुरक्षा बलको प्रवेश र दार्चुलाको आकाशमा भारतीय हेलिकप्टरले विना अनुमति उडान भरेको विषयमा कूटनीतिक नोट पठाइयो कि पठाइएन भन्ने प्रश्न पनि उनले गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित