काठमाडौँ | पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु भएको छ । करिब ३५ वर्षीय रोहित कुमार शुक्रबार दिउँसो ४ बजेर ५० मिनेटमा पौडी खेल्ने क्रममा तालमा डुबेका थिए ।
उनी तालमा डुबेको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कालिकामातहत फेवा वाच एण्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देबेन्द्र केसीको कमाण्डमा विपद् व्यवस्थापन टोलीले उद्धारका लागि खटिएको थियो ।
उनलाई साँझ ५ बजेर १० मिनेटमा तालको करिब १० फिट गहिराईबाट अचेत अवस्थामा उद्धार गरी तत्काल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । चिकित्सकले ५ बजेर ४० मिनेटमा मृत घोषणा गरेका हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।