१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

प्रचण्डको खुवी: चितवनमा दैनिक ५०० भन्दा बढी मतदाता आफ्नो पक्षमा पार्दै

२१ कार्तिक २०७४, मंगलवार ०५:१७

कात्तिक २१, चितवन | प्रचण्डले चितवनमा जित्लान् ? भन्ने प्रश्न सोध्ने हो भने धेरैले जवाफ दिन्छन् -  'अह.. यसै भन्न सकिन्न ।' तर प्रचण्डले पछिल्लो दिनमा चितवनमा यसरी आफुलाई शक्तिशाली बनाउने अभियान थालेका छन् कि दैनिक ५०० जना भन्दा बढी अरुका मतदातालाई आफ्नो पक्षमा पार्ने अभियानै जस्तो बनेको छ । 

प्रचण्डले मनोनयन दर्ता पछी जति दिन चितवनमा खटिएका छन्, उनले दैनिकजसो अरुका मतदातालाई आफ्नो पक्षमा पार्न प्रयास जारी राखेका छन् । फलस्वरूप प्रचण्डको चुनावी अभियान पछी मात्र झन्डै २ हजारभन्दा बढी अरुका मतदाता आफ्नो पक्षमा पारिसकेका छन्  । दिन गन्ति गर्नेनै हो भने प्रचण्ड चितवनमा खटिएको ४/५ दिन मात्र भएको छ तर यतिका संख्यामा पार्टी प्रवेश गराउनु सहज थिएन तर हरेक जसो कार्यक्रममा मतदातालाई आफ्नो पक्षमा पार्नु उनको खुवीझैं बनेको छ । कात्तिक १६ गते चितवन जिल्लाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका प्रचण्डले चितवनमा आफुलाई जितका दावेदार बनाउने क्रममा दैनिक भेटघाट र कार्यक्रममा सरिक भएका छन् । एमालेका कार्यकर्ता बीच प्रिय बन्दै अन्य पार्टीका नेता/कार्यकर्तासम्मलाई उनले आफ्नो पक्षमा पारिसकेका छन्  । यस अघि चितवनका राप्रपा अध्यक्ष सहित राप्रपाका कार्यकर्तालाई आफ्नो पक्षमा पार्नुनै यसको उदाहरण मान्न सकिन्छ । प्रचण्डकै प्रभाव स्वरूप राप्रपा चितवनका अध्यक्ष सहितको टोली माओवादी केन्द्र मा प्रवेश गरेको थियो । त्यस्तै चितवनको नयाँ शक्ति नेपालका ३ जना केन्द्रिय सदस्य सहितको समुहलाइ पनि प्रचण्डले आफ्नो पक्षमा ल्याईसकेका छन् । 

मनोनयपछि प्रचण्डले भरतपुर गेष्ट हाउस चौरमा संयुक्त बाम गठबन्धनको सभालाई सम्बोधन गरेको र त्यसमा दिएको अभिव्यक्तिले एमाले मतदातामा पनि राम्रो प्रभाव जमाई सकेका छन् । हेभीवेट नेता त्यसमा पनि भविष्यमा प्रभाव पार्न सक्ने नेताको रुपमा रहेकाले अधिकांश कार्यक्रममा प्रचण्डकै भाषण भएका छन् । जस मध्ये चितवनको माडीमा आयोजित दिवाकर तिर्थमाया स्मृती पुरुष भलिबल प्रतियोगिता, बाम गठबन्ध क्षेत्र नं ३ को सम्पर्क कार्यालयहरुको उद्घाटन, प्रचण्ड विजय अभियान जस्ता कार्यक्रममा उनले राम्रो प्रभाव पारे । 

प्रचण्डको गृह जिल्ला समेत रहेको चितवनमा आफ्नो प्रभाव रहने ठाउँ त उनले छाडेका छैनन् नै त्यसमा पनि आफ्ना बाल्यकालका साथीहरुलाई किन छाड्थे ? उनले बाल्यकालका साथीसंगीहरुलाई समेत भेट्न भ्याई सकेका छन् । उनले हरेक ठाउँमा आफ्नै ठाउँमा लड्न आईपुगेको भन्दै आफ्नो ठाउँको जनताको मायाँ पाउने आशा सहितको अभिव्यक्ति दिने गरेका छन् । सिरहामा यस अघि विर्वाचन जितेर स्थानीय तहमा समेत सिराहबाट माओवादीलाई सबैभन्दा राम्रो स्थितिमा ल्याएका प्रचण्डले चितवनमा त्यसभन्दा आक्रामक शैली अपनआएका छन् । सिराहको विकासका लागि प्रचण्डले खेलेको भूमिकाकै कारण स्थानीय तहमा माओवादीले मधेसी नेताको बाहुल्यता रहने क्षेत्रमा समेत आफुलाई राम्रो स्थितिलाई समेटेको विश्लेषण छ । यसै कुरालाई बुझेकाहरुले अहिले चितवनमा प्रचण्डलाई सम्भावित विकासको आशा मानेका छन् । त्यसमा पनि आफुलाई प्यारो बनाउन प्रचण्डले कुनै कसर छाड्दैनन् भन्ने कुरा उनले दोश्रो प्रधानमन्त्री कालमा प्रमाणित गरिसकेका छन् । 

बिपक्षीलाई समेत प्रभावमा पारेर आफ्नो पक्षमा तान्ने अभियानमा कस्सिएका प्रचण्डको चुनावी प्रचारले बिपक्षीलाई समेत अफ्ट्यारो बनाईदिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी