Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

श्रीमान-श्रीमतीको झगडाले झण्डै विमान दुर्घटना

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २१, काठमाडौँ । कतारको राजधानी दोहाबाट इन्डानेसियाको बालीका लागि उडेको कतार एयरवेजको एक विमानलाई श्रीमान–श्रीमतीबीच भएको झगडाका कारण आपतकालीन अवतरण गराइएको छ ।

विमान भारतको चेन्नई विमानस्थलमा अवतरण गराइएको हो । विमानमा झगडा गर्ने जोडी इरानी भएको बताइएको छ । उनीहरु छुट्टि मनाउन बाली जाँदै थिए ।

उडानका बेला महिलाले आफ्नो पतिको मोवाइल हेरिन् । मोवाइ हेर्दा थाहा भयो कि उनको पतिको अरु कसैसँग पनि प्रेम सम्बन्ध रहेछ । आक्रोशित भएकी पत्नीले पतिसँग झगडा गर्न थालिन् ।

जसका कारण विमानलाई आपतकालीन रुपमा चेन्नईमा अवतरण गराउनुपर्यो । झगडा गर्ने दम्पती र उनका बच्चालाई चेन्नईमा छाडेर विमान भने बालीका लागि उडेको थियो । पतिले मोबाइलमा फिंगरप्रिन्टका आधारमा लक गरेका थिए ।

महिलाले पति सुतेको मौका पारेर उनका औलाले टच गरेर मोवाइलको लक खोलिन् र त्यहाँ भएका कुराकानी तथा तस्बिरहरु हेरिन् । त्यसपछि दुवैजनाबीच झगडा शुरु भइहाल्यो ।

विमानस्थलका अधिकारीका अनुसार जोडीसँग बच्चा पनि थिए । त्यसपछि उक्त जोडीलाई चेन्नईबाट फेरि दोहा पठाइयो । किनभने उनीहरुसँग भारतीय भिसा थिएन । शुरुमा एयरवेजका कर्मचारीले ती महिलालाई शान्त गराउन कोशिष गरे ।

तर, पनि महिलाको रिस कम भएन । यो परिवार एक दिन चेन्नईमा बस्यो र त्यहाँबाट दोहा पठाइयो । कतार एयरवेजले नीजि मामला रहेको भन्दै यो विषयमा केही प्रतिक्रिया दिएको छैन ।