2026-11-28 04:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रयोगशाला सञ्चालन गर्ने काम प्राविधिकहरूले गर्ने हो: महावीर पुन

2026-07-13

काठमाडौँ | विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई प्रभावकारी रूपमा सञ्चालन गर्न अनुगमन, मूल्याङ्कन र कार्यान्वयन पक्षलाई बलियो बनाउनुपर्ने बताएका छन् । सोमबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथिको छलफलमा सहभागी हुँदै मन्त्री पुनले विधेयकको दफा ८ मा रहेको समीक्षा, मूल्याङ्कन र कार्यान्वयनसम्बन्धी व्यवस्था महत्त्वपूर्ण रहेको बताए ।

उनले विभिन्न समिति, आयोग र संस्थाले अध्ययन अनुसन्धान गरी तयार पारेका प्रतिवेदनहरू कार्यान्वयन नहुँदा समस्या देखिएको उल्लेख गरे । ‘मनिटरिङ गर्‍यो, इभालुएसन गर्‍यो, रिपोर्ट तयार गर्‍यो तर त्यसलाई कार्यान्वयन गर्ने काम भएन। त्यसकारण निर्देशन दिने र कार्यान्वयन गर्ने व्यवस्था आवश्यक छ,’ उनले भने । मन्त्री पुनले आफू शिक्षामन्त्री हुँदा पनि विभिन्न आयोगहरूले दिएका अध्ययन प्रतिवेदनहरू कार्यान्वयन नभएको उल्लेख गर्दै प्रतिवेदनलाई दराजमा थन्क्याउने नभई व्यवहारमा लागू गर्ने व्यवस्था आवश्यक रहेको बताए ।

‘शिक्षामन्त्री हुँदा पनि विभिन्न आयोगहरूले विभिन्न अध्ययन अनुसन्धान गरि रिपोर्ट बुझाए त्यसपछि त्यस्ता आयोगका रिपोर्टहरू थन्काएर बस्दो रहेछ । कार्यान्वयन कसैले नगर्ने, गर्नुपर्छ भनी निर्देशन पनि कसैले नदिने त्यसकारणले निर्देशन पनि दिने कार्यान्वयन पनि गर्ने हुनुपर्छ,’ उनले भने ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सञ्चालनका लागि दक्ष प्राविधिक जनशक्ति आवश्यक पर्ने भन्दै उनले सम्बन्धित व्यक्तिहरूलाई मात्रै तालिममा सहभागी गराउनुपर्नेमा जोड दिए । उनले भत्ता वा भ्रमणका लागि मात्र तालिममा सहभागी हुने प्रवृत्ति रोक्नुपर्ने बताए । ‘प्रयोगशाला सञ्चालन गर्ने काम प्राविधिकहरूले गर्ने हो। उनीहरूलाई आवश्यक तालिमको व्यवस्था गर्नुपर्छ। तर असम्बन्धित व्यक्तिहरूलाई तालिममा पठाउने प्रवृत्ति अन्त्य गर्नुपर्छ,’मन्त्री पुनले भने ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्थामा स्रोत व्यवस्थापनको विषय स्पष्ट नभएको बताइन् । उनले प्रयोगशालाको काम, कर्तव्य र अधिकारको अभिभावकत्व सञ्चालक समितिले लिने भएकाले जनशक्ति, भौतिक पूर्वाधार, उपकरण तथा वित्तीय स्रोत व्यवस्थापनको जिम्मेवारी पनि सञ्चालक समितिको कर्तव्यका रूपमा स्पष्ट गर्नुपर्ने बताइन् । ‘प्रयोगशालाको काम, कर्तव्य र अधिकार व्यापक रूपमा राखिएको छ। तर त्यसलाई कार्यान्वयन गर्न आवश्यक स्रोत व्यवस्थापन कसले गर्ने भन्ने कुरा स्पष्ट हुनुपर्छ,’ सांसद कार्कीले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले महाधिवेशनमार्फत पार्टीलाई एकताबद्ध बनाउन लाग्नुपर्छ : शशांक कोइराला पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने एक जना पक्राउ कांग्रेस निर्माण गर्नेहरू नै आधिकारिक कांग्रेस हुन् : प्रकाशशरण महत कांग्रेस नेपालको राजनीतिक विश्वविद्यालय हो, सबैले कांग्रेसबाटै सिक्ने हो : प्रदीप पौडेल कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनका लागि पाँच समिति गठन प्रधानमन्त्री बालेन राष्ट्रपति पौडेललाई भेट्न शीतल निवासमा नेपाल–भारत सीमा समस्या समाधानमा ‘ज्वाइन्ट भिजन डकुमेन्ट’ले मार्गनिर्देश गर्छ : परराष्ट्र मन्त्रालय फोहोर फ्याँकेजस्तो गरेर सुकुमबासी समस्या हल हुँदैन : बाबुराम भट्टराई खाना बन्द भएपछि बोडेका सुकुमबासी रित्तो थाल बजाउँदै सडकमा, सरकारविरुद्ध प्रदर्शन राष्ट्रपति पौडेल र रास्वपा सभापति रवि लामिछानेबीच शीतल निवासमा भेटवार्ता इरानलाई रुस–चीनको सहयोगबारे ट्रम्पको टिप्पणी : ‘उनीहरू कम संलग्न छन्’ भूमिहीन सुकुमबासीलाई पहिले जग्गा सुनिश्चित गर्न आङ्देम्बेको माग बौद्धबाट स्रोत नखुलेको २४ लाख नगदसहित तिब्बतीयन नागरिक पक्राउ सुनचाँदीको मूल्यमा भारी वृद्धि, सुन तोलामा ३३ सय र चाँदी १२० रुपैयाँले बढ्यो बालेनको भारत भ्रमणलाई सामान्य रूपमा लिनुपर्छ, ठूलो उपलब्धि देखिएन : प्रचण्ड प्रधानमन्त्रीको भ्रमणमा यसपालि केही पनि उपलब्धि भएन :केपी शर्मा ओली वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने चार जना पक्राउ नेप्सेमा दोहोरो अंकको गिरावट, परिसूचक २६३५ विन्दुमा झर्‍यो फोहोर व्यवस्थापन राजनीतिक मुद्दाभन्दा ठूलो हो : ऊर्जामन्त्री श्रेष्ठ मोरङमा बालिकामाथि बलात्कार र कुटपिट, श्रीमान्–ससुरा पक्राउ