काठमाडौँ | नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँ पुगेको छ । मंगलबार २ लाख ८४ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य बुधबार ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार ४ हजार ३ सय ६० रुपैयाँ प्रतितोलामा चाँदी कारोबार भएकोमा बुधबार प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँ पुगेको हो ।
