Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसले प्रत्यक्षमा ८० सिटसहित बहुमत ल्याउँछ: खाँड

२०७४, २२ कार्तिक बुधबार १२:२४

 कात्तिक २२, काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पूर्ण बहुमत ल्याउने दाबी गरेको छ । 

आसन्न निर्वाचनका लागि काँग्रेसको मिडिया सेन्टर उद्घाटन कार्यक्रममा पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले दुवै तहका प्रत्यक्ष निर्वाचनमा मुलुकभर सबैभन्दा बढी काँग्रेसले मात्र उम्मेदवारी दिएकाले बहुमत ल्याउने बताउनुभयो । 

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिटमा १५४ र प्रदेश सभाको प्रत्यक्षतर्फ ३३० सिटमा ३१० स्थानमा उम्मेदवारी दिएको अवगत गराउँदै पार्टीका नेता खाँडले भन्नुभयो, “तसर्थ काँग्रेसले प्रत्यक्षतर्फको निर्वाचनमा ५५ प्रतिशत र समानुपातिक निर्वाचनतर्फ ४५ प्रतिशत मत ल्याउने निश्चित छ ।” 

पार्टी केन्द्रीय सदस्य एवं काँग्रेस प्रचारप्रसार समन्वय उपसमितिका संयोजक समेत रहनुभएका नेता खाँडले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले ६०÷४० प्रतिशतको भागबण्डा गरेर उम्मेदवारी दिई दुईतिहाई बहुमत ल्याउछु भन्नु हास्यास्पद हो भन्नुभयो । 

निर्वाचन लोकतन्त्रलाई स्थायित्व गर्ने र कम्युनिष्ट शासन स्थापना गर्नेबीचको जनमत संग्रह भएको धारणा व्यक्त गर्दै नेता खाँले भन्नुभयो, “स्वतन्त्र पत्रकारिताका लागि पनि मुलकमा लोकतन्त्र अपरिहार्य छ ।” 

पार्टीले निर्वाचनको तयारीका लागि केन्द्रमा आज आधुनिक मिडिया सेन्टर स्थापना गरेको छ । साथै एक दुई दिनमै प्रदेश नं १ को इटहरीमा, प्रदेश नं दुईको जनकपुर र विरगंजमा, प्रदेश नं ३ को चितवनमा, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को वुटवल र नेपालगञ्जमा, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को धनगढीमा स्थापना गर्ने जनाएको छ । 

कार्यक्रममा प्रचार प्रसार उपसमितिका सहसंयोजक बद्री पाण्डेले संविधानले व्यवस्था गरेको बहुलवाद र लोकतान्त्रिक व्यवस्था उल्ट्याउन आसन्न निर्वाचनमा कम्युनिष्ट दलहरुले गठबन्धन गरेको टिप्पणी गर्दै काँग्रेसले ढृढताका साथ संविधानको रक्षा गर्ने बताउनुभयो । 

निर्वाचनमा पार्टीको प्रचार प्रसारका लागि काँग्रेसले ताप्लेजुङ, पाँचथर र सोलुखुम्बुबाट चुनावी आमसभा यही कात्तिक २५ गतेदेखि थालनी गर्ने र आमसभामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेताहरुले सम्बोधन गर्नुहुने जनाएको छ । 

कार्यक्रममा पार्टी नेता एवं वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मा पार्टीका नेताहरु सुरेन्द्र पाण्डे, मानबहादुुर विश्वकर्मा, डा डिला संग्रौलालगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी