2026-09-08 01:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कुटपिटबाट घाइते श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

2026-07-16

काठमाडौँ | कञ्चनपुरमा कुटपिटबाट घाइते श्रीमतीको मृत्यु भएपछि श्रीमान् पक्राउ परेका छन्। दोधाराचाँदनी नगरपालिका–१० की ४५ वर्षीया श्रीमती पारु सुनारको बिहीबार राति घरमै मृत्यु भएको थियो। जिल्ला प्रवक्ता डिएसपी टेकबहादुर रावतका अनुसार प्रहरीलाई बिहीबार बिहान साढे ८ बजे मात्रै घटनाबारे जानकारी प्राप्त भएको थियो। कुटपिट गरी हत्या गरेको आरोपमा उनका श्रीमान् ५० वर्षीय रनबहादुर सुनारलाई घरबाटै पक्राउ गरेको डिएसपी रावतले बताए।

असार ३० गते बेलुकी श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका थिए। ३१ गते उपचारका लागि नगर अस्पताल दोधारा चाँदनीमा उपचारमा लगिएको थियो। थप उपचारका लागि अर्को अस्पतालमा लैजाने भनेर डिस्चार्ज मागेर बुधबार बेलुकीपख उनलाई घर लगिएको थियो। घरमै उनको बुधबार राति मृत्यु भएको डिएसपी रावतले बताए।

श्रीमतीमाथि कुटपिट गरि हत्या गरेको अभियोगमा पक्राउ परेका श्रीमानबारे थप अनुसन्धान हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित