Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सुनचाँदीको मूल्य घट्यो

By Sajha Sabal 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला तीन हजार एक सय रुपैयाँले घटेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८५ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज तीन हजार एक सय रुपैयाँले घटेर दुई लाख ८२ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १२५ रुपैयाँले घटेर प्रतितोला ४२ सय रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४१ हजार ८ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३६०१ रुपैयाँ कायम भएको छ ।