Skip to content
Friday, July 17, 2026 Nepali Online Media

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

By Sajha Sabal 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका- १ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद रु ५५ लाख ९० हजारसहित दुई जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरीकक्षका अनुसार नगरपालिका- ७ छलका ३२ वर्षीय विष्णुलाल रोकाय र ४२ वर्षीय भक्तिचन्द्र रोकायलाई उक्त रकमसहित पक्राउ गरिएको हो । दुनैबाट छलतर्फ मोटरसाइकलमा गइरहेका उनीहरूलाई नियमित गस्तीमा रहेको प्रहरी टोलीले बुधबार पक्राउ गरेको जनाइएको छ ।