2026-09-08 02:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दरबार हत्याकाण्ड दीपेन्द्रले गरेका होइनन्: केपी शर्मा ओली

2026-07-17

काठमाडौँ | पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०५८ साल जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्ड युवराज दीपेन्द्र शाहले नगरेको दाबी गरेका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दरबार हत्याकाण्डपछि विश्वव्यापी रूपमा फैलाइएको कथा सत्य नभएको जिकिर गरे।

ओलीले युवराज दीपेन्द्रले आफ्ना बाबु, आमा तथा परिवारका अन्य सदस्यको हत्या गरेर आत्महत्या गरेको भन्ने कथा योजनाबद्ध रूपमा फैलाइएको दाबी गर्दै त्यसमा कुनै सत्यता नरहेको बताए। उनले दरबार हत्याकाण्डलाई दीपेन्द्रको प्रेम सम्बन्धसँग जोडेर ‘रेडिमेड कथा’ तयार पारिएको आरोप लगाए। घटनाको वास्तविकता अझै खुल्न नसकेको उल्लेख गर्दै उनले कसले यस्तो कथा निर्माण गर्‍यो र कसले विश्वभर फैलायो भन्ने विषय पनि अस्पष्ट रहेको बताए। ओलीले दरबार हत्याकाण्डजस्तो ठूलो घटनामा विश्वका प्रमुख सञ्चारमाध्यमले तथ्य खोज्नुभन्दा पनि पुष्टि नभएको कथालाई नै व्यापक रूपमा प्रचार गरेको टिप्पणी गरे।

उनले भने, ‘२०५८ साल जेठ १९ गते दरबार हत्याकाण्ड हुनेबित्तिकै युवराज दीपेन्द्रले बाबु, आमा, भाइ, बहिनी, काकासहित परिवारको वंश नाश गरेर आफूले पनि आत्महत्या गरे भन्ने रेडिमेड कथा विश्वभर फैलाइयो। त्यो कथा २० वर्षभन्दा बढी समयसम्म सही सूचनाका रूपमा स्थापित गरियो। तर वास्तविक सत्य के हो भन्ने अझै खुल्न सकेको छैन। त्यो कथा कसले बनायो, कसले फैलायो भन्ने पनि स्पष्ट छैन। वास्तवमा त्यो सूचना सही होइन।’

अध्यक्ष ओलीले यसअघि पनि दरबार हत्याकाण्डलाई प्रेम सम्बन्धको असफलतासँग जोडिएको कथालाई आफूले स्वीकार नगर्ने बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित