2026-09-08 02:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ

2026-07-18

काठमाडौँ | उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकार ५ वर्ष नटिक्ने सङ्केत देखिएको बताएका छन् । पार्टीको खाँडादेवी–काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले गलत काम गरे सडक आन्दोलन गर्ने चेतावनी दिए ।

उनले भने, ‘हाम्रो चाहना सरकार ५ वर्ष टिकोस् भन्ने हो। तर यस्तो तालले सरकार ५ वर्ष टिक्दैन। यसरी टिक्दैन। रास्वपाले पनि बोल्ने एउटा, गर्ने अर्को काम गरिरहेको छ ।’

उनले ठूलो जिम्मेवारीसहित आएको सरकारले जनताको काम गर्न नसकेको आरोप लगाए । उनले भने, ‘दुई तिहाइको सरकार जनताले विश्वास गरेर पठाएको हो । आम नागरिकको इच्छा आकाङ्क्षा र मागलाई सम्बोधन गर्नलाई जिम्मेवार भएर लाग्नुपर्छ । अहिले विगत ३–४ महिनामै ५ जना नेपाली नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थिति सिर्जना भयो । त्यो तत्कालीन घटनाको घटनाक्रम मात्रै होइन । त्यो निराशाको परिणाम सिर्जना गर्नुमा को–को जिम्मेवार छन्, सबैले जिम्मेवारी लिनुपर्छ। सबैभन्दा बढी जिम्मेवारी सरकारकै रहन्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित