2026-10-02 12:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव

2026-07-21

काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताएका छन् । मंगलबार वैदेशिक रोजगार विभागको कार्यालय ताहचलमा अनुगमनको क्रममा बोल्दै उनले नयाँ प्रणाली लागू भएपछि म्यानपावर कम्पनीमा आवेदन दिन, अन्तर्वार्तामा सहभागी हुन वा अन्य प्रक्रियाका लागि काठमाडौँ आउनुपर्ने बाध्यता हट्ने बताएका हुन् ।

उनले भने, ‘वैदेशिक रोजगारको क्षेत्रलाई सुधार गर्नको लागि ऐन संशोधन गर्दैछौँ । चाडै नै संसद र क्याविनेट लगेर ऐनलाई संशोधन गर्दै नयाँ एउटा युगको शुरूआत गर्छौँ । त्यसमा एभ्रिथिङ डिजिटलाइज हुन्छ । म्यानपावरमा आवेदन दिनको लागि काठमाडौँ आउन परेन ।’

मन्त्री यादवले वैदेशिक रोजगारको नाममा ठगी गर्नेहरूलाई कडा चेतावनी दिँदै नेपाल प्रहरी, नेपाल अनुसन्धान निकाय तथा वैदेशिक रोजगार विभागका अनुसन्धान संयन्त्रको समन्वयमा जहाँसुकै लुकेर बसे पनि कानुनी दायरामा ल्याइने बताए । उनले भने, ‘डिजिटलाइजेसन युगको शुरूआत भएको छ । मान्छे ठग्नेहरूलाई पनि चेताउनी दिन चाहन्छु-जहाँ लुकेर वसेपनि कार्वाहीमा पर्नुहुन्छ ।’

मन्त्री यादवका अनुसार हाल विद्यमान कानूनी व्यवस्थाअनुसार डिजिटल प्रणाली सञ्चालनमा ल्याइएको भए पनि त्यसलाई थप प्रभावकारी बनाउन वैदेशिक रोजगारसम्बन्धी ऐन संशोधनको तयारी भइरहेको छ । उनले मन्त्रिपरिषद्बाट पारित भएपछि संशोधन विधेयक संसद्मा पेश गरिने र त्यसपछि थप आधुनिक तथा पूर्ण डिजिटल प्रणाली लागू गरिने बताए । उनले नयाँ प्रणालीमार्फत वैदेशिक रोजगारका अधिकांश सेवा अनलाइनबाट उपलब्ध गराइने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा