2026-07-25 04:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते

2026-07-22

काठमाडौँ | कर्णाली प्रदेशको सुर्खेतस्थित गुर्भाकोटमा यात्रुवाहक फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीमा मंगलबार दिउँसो भएको सवारी दुर्घटनामा १९ जना यात्रु घाइते भएका छन्। सपम्ता क्षेत्रबाट गुमीतर्फ जाँदै गरेको क।प्र। ०२००१ ख ०४९० नम्बरको फोर्स गाडी अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनालगत्तै स्थानीयवासी र सुरक्षाकर्मीले घाइतेहरूको उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाएका छन्। अधिकांशको उपचार मेहेलकुना अस्पतालमा भइरहेको छ भने गम्भीर घाइतेलाई प्रदेश अस्पताल वीरेन्द्रनगर, कर्णाली केयर अस्पताल र अन्य स्वास्थ्य संस्थामा रिफर गरिएको छ।

प्रहरीका अनुसार घाइतेमध्ये केहीको टाउको, ढाड र हातखुट्टामा गम्भीर चोट लागेको छ। पाँच वर्षीय बालक, ४० वर्षीय एक पुरुष र एक महिलाको अवस्था गम्भीर रहेको बताइएको छ।

घटनापछि गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक