कात्तिक २३, चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् चितवन निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार सुरेन्द्र पाण्डेले निर्वाचनपछि कांग्रेस चितवनमा नरहने उद्घोष गरेका छन् ।"/>
कात्तिक २३, चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् चितवन निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार सुरेन्द्र पाण्डेले निर्वाचनपछि कांग्रेस चितवनमा नरहने उद्घोष गरेका छन् ।
विहीवार भरतपुरमा आयोजित वाम गठबन्धनमा आवद्ध महिलाहरुको भेलालाई सम्वोधन गर्दै नेता पाण्डेले निर्वाचनपछि चितवनमा कांग्रेसको अस्तित्व नरहने भन्दै अब कांग्रेस खोज्न डडेल्धुरा जानुपर्ने बताएका हुन् ।
नेता पाण्डेले आगामी मंसिरमा दुई तिहाईसहितको वामपन्थी सरकार बन्ने दावी समेत गरेका छन् ।
पाण्डेले वाम गठबन्धनले विपक्षीहरुको होस गुमिसकेको भन्दै कम्युनिष्टहरुका विरुद्ध अफवाह फैलाउनु बाहेक कांग्रेससँग कुनै एजेण्डा काम र धन्दा नभएको जिकिर गरे ।